जर्मनीका अर्थमन्त्री पिटर अल्टमायर जर्मनीका अर्थमन्त्री पिटर अल्टमायर

  • जर्मनीका अर्थमन्त्री पिटर अल्टमायर
  • जर्मनीका अर्थमन्त्री पिटर अल्टमायर
  • जर्मनीका अर्थमन्त्री पिटर अल्टमायर
  • जर्मनीका अर्थमन्त्री पिटर अल्टमायर
  • जर्मनीका अर्थमन्त्री पिटर अल्टमायर
  • जर्मनीका अर्थमन्त्री पिटर अल्टमायर

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

26 April, 2019 22:25 | विश्व समाचार | comments | 18150 Views

जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताउनुभएको छ ।युरोपेली अधिकांश मुलुकले बिआरआईमा सहभागी हुने इच्छा देखाइसकेका छन् ।

adsads

यो अभियानले एसियालाई युरोपसँग सडक र रेलमार्गले जोड्नेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङको महत्वाकाँक्षी योजनाका रुपमा रहेको बिआरआईमा चीन बढी हाबी भएको भन्दै पश्चिमा राष्ट्रले आशंका व्यक्त गरिरहेका छन् ।

फ्रान्स र जर्मनीले भने विदेशी फर्महरुलाई प्रतिस्पर्धी वातावरण तयार गर्न चीन अग्रसर हुनुपर्ने शर्त अघि सारिरहेका छन् ।युरोपेली कतिपय मुलुकहरुले इटालीलाई बिआरआईमा सम्झौता गर्नुअघि सोच विचार गर्न आग्रह गरे पनि इटालीले गत मार्चमा चीनको यस बिआरआईमा सहभागी हुने सम्झौता गरिसकेको छ ।

मन्त्री अल्टमायरले जर्मनी, फ्रान्स, स्पेन र बेलायतले बेइजिङमा आयोजित बिआरआई सम्मेलनमा सहभागिता जनाएको बताउनुभयो । उहाँले बिआरआईमा सहभागी हुँदा युरोपका ठूला मुलुकहरुले सामूहिक रुपमा मात्र गर्न सक्ने स्पष्ट गर्नुभयो ।

मन्त्री अल्टमायरले चिनियाँ राष्ट्रपतिको भनाईबाट आफूहरु निकै उत्साहित रहेको बताउनुभयो । बिआरआईले स्वतन्त्र व्यापार, बहुपक्षीयता र दिगोपन सहितको विकासलाई जोड दिएको छ ।

अल्टमायरले भन्नुभयो – चीन एउटा साझेदार र प्रतिस्पर्धी मुलुक पनि हो, त्यसैले युरोपेली मुलुकहरुले आफ्ना सरोकारका विषयलाई परिभाषित गर्नु आवश्यक छ ।

बिआरआईबाट दक्षिण एशियाका जनता लाभान्वित हुने

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
जर्मनीका अर्थमन्त्री पिटर अल्टमायर

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

दिनेश भण्डारी

फेसबुक

दिनेश भण्डारी

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!