बिगव्याङ उपाधिका लागि १२ वर्ष कान्छा जापानीसंग भिडदै मोहन ड्रागन

29 December, 2019 16:46 | खेल , जापान | comments | 31650 Views

नेपाली चर्चित किकबक्सिङ खेलाडी मोहन महर्जन ड्रागनले जापानमा दुई वर्षपछि फेरि अर्को बिगव्याङ उपाधिका लागि आज (आइतबार) भिडदै छन । दुई वर्ष अघि टोकियोमा भएको के वान टाईइटलमा सहभागि भएका मोहनले फेरि आफ्ना जापानी समर्थकका लागि बिगव्याङ टाईटलमा मुख्य आकर्षणका रूपमा मैदानमा भिडन लागेका हुन् ।

ads ads

६६ किलो तौल समूहबाट खेल्न लागेका ४२ वर्षीय मोहनले टोकियो डोमको कोराकोएन हलमा डिसेम्वर २९ तारिक आइतबार जापानका अर्का चर्चित खेलाडी ३० वर्षीय ज्योजीसंग उपाधिका लागि भिडन लागेका हुन् । आफूभन्दा निकै कान्छा खेलाडीसंग भिडन लागेका उनले धेरै समर्थकको चाहनालाई मध्यनजर गर्दै पुनः भिडन्तमा होमिन लागेको बताएका छन् ।

जापानकै प्रतिष्ठित प्रतियोगिता भएकाले बिगव्याङको ३७ औं सस्करणमा मुख्य आकर्षणका रूपमा मोहनले सहभागिता जनाउन लागेको पनि बताएका छन् । मोहन सहभागि खेल प्रतियोगिताको मुख्य आकर्षण खेल भएकाले खेल तालिकाको अन्तिम समयसम्म पर्खनु पर्नेछ । सो अवसरमा सहभागि भई समर्थन र हौसला बढाई दिनका लागि जापानवासी नेपालीहरूमा मोहनले अनुरोध गरेका छन् ।

सो खेलमा सहभागि हुनै नेपाली समर्थकहरू कोराकोयेन हलमा जम्मा हुन थालेका छन। प्रतियोगिताको नेपाल जापान डटकमले आफ्नो फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गर्ने छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More