बिरामीको मृत्युपछि अस्पतालमा झडप, चारजना घाइते

7 December, 2016 22:24 |जन सरोकार | comments | 144300 Views

    cmc

    चितवन मेडिकल कलेजमा सुत्केरी गराउन ल्याइएकी एक महिलाको मृत्युका विषयमा बुधबार अस्पतालमा झडप भएको छ । झडपमा परी तीन प्रहरी र एकजना बिरामी कुरुवा घाइते भएका छन् ।

    adsads

    उपचारका लागि ल्याइएकी चितवनको भरतपुरस्थित कृष्णपुरकी २५ वर्षीया गर्भवती सुनिता गुरुङको उपचारका क्रममा यही मङ्सिर २० गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

    अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै स्थानीयले चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै आएका छन् ।

    भीड तीव्र भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले चार सेल अश्रुग्यास प्रहार गरेको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार झडपका क्रममा भीडको लठ्ठी र ढुङ्गा प्रहारबाट प्रहरी निरीक्षक निरञ्जन भट्टराई, प्रहरी हवल्दार विनोद ठाकुर र प्रहरी जवान विवेक खत्री घाइते भएका हुन् ।

    आन्दोलनकारीको ढुङ्गा लागेर बिरामी कुर्न आएका अर्का एक व्यक्तिसमेत घाइते भएको प्रहरीले जनाएको छ । अस्पतालले लापर्बाही गरेर बिरामीको मृत्यु भएको भन्दै आक्रोसित स्थानीयले अस्पतालका चार वटा सिसामा तोडफोडसमेत गरेका छन् ।

    सो क्रममा प्रहरीले पाँच जना आन्दोलनकर्तालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । पीडितको मागको विषयमा छलफल र वार्ता हुँदै गर्दा घटना बढेपछि अस्पताल परिसरमा विगत तीन दिनदेखि प्रहरी परिचालन गरिएको छ ।

    यसैबीच चितवन मेडिकल कलेजले एक विज्ञप्ति जारी गरी जटिल रोग एक्लामेसिया (छारेरोग जस्तै) लागेकाले अस्पतालको प्रयासका बाबजुद उपचार सफल नभएको जनाएको छ ।

    अस्पतालका कर्मचारी बीच झडप तीन प्रहरी घाइते, ३० जना आन्दोलनकारी प्रहरी नियन्त्रणमा

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!