बिस्केट जात्रा नरोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश जारी
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै रोक लगाइएको भक्तपुरमा हरेक वर्ष आठ रात नौ दिन मनाइने बिस्काः (बिस्केट) जात्रा नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले जात्रा, पर्व मनाउँदा यसको महामारी फैलिन सक्ने भन्दै जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (डिसिसिएमसी)को बैठकले जात्रा पर्व सञ्चालनलाई औपचारिकता एवं पूजामा मात्रै सीमित गर्ने निर्णय गरेको थियो ।

केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, गुठी संस्थान, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखको बैठकले कोरोना भाइरस सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको भन्दै जात्रा पर्व मनाउन रोक लगाउने निर्णय गरेपछि जात्रा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा अधिवक्ता राजकुमार सुवालले रिट दायर गर्नुभएको थियो ।
सर्वोच्च अदालतले आज प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले जात्रामा रोक नलगाउन र सञ्चालन गर्न अन्तरिम आदेश जारी गरेको अदालतले जानकारी दिएको छ । जात्रा सञ्चालन गर्दा हजारौँको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउँदा हुने भीडले कोरोना सङ्क्रमण फैलाउन सक्ने भन्दै औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
भक्तपुर नगरपालिकाले भने स्वास्थ्य मापदण्ड पालना गर्दै आफ्नो टोलको जात्रा मनाउन आह्वान गरेको थियो । जात्रा सञ्चालनमा रथ नतान्ने निर्णय गरेपछि गुठी संस्थानले रथ निर्माणको बाँकी काम हिजोदेखि नै रोकेको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- सुदूरपश्चिम प्रदेश उच्च जोखिममा, भारतबाट फर्कने १० प्रतिशत संक्रमित
- आदिवासी जनजाति महासंघ चिवा संयोजकमा अमृत लामा चयन
- आइतबार थप तीनसय ६७ मा कोभिड–१९
- सीमा नाकामा संक्रमण रोकथामको प्रभावकारी सयन्त्र नहुँदा बढ्दो जोखिम
- शिवपुरीको डँढेलो निभाउन हेलिकोप्टरको प्रयोग : अपेक्षाकृत समयमै नियन्त्रणमा लिइयो
- महामारीबीच वसन्त यामको हिमाल आरोहण : व्यवसायी उत्साहित
- उकालो लाग्यो कोरोनाको ग्राफ- छैन मापदण्ड पालना
- आयोजना खुलेको तीन दशक पुग्नलाग्दा पनि भएन वाग्मती ढलमुक्त
- महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना रोक्न सबै लाग्नुपर्छ : नेता सिंह
- नयाँ बसपार्कको होटलमा युवाको शव, संगै बसेका दुईजना पक्राउ
- ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ
- विधिको पालना र छलफलले मात्र पार्टीमा निकास निस्किन्छ : नेता नेपाल
- के हुँदैछ भारतमा ? एकै दिन एक लाख ५३ हजार सङ्क्रमित
- गल्ति उनका न मेरा समयको खेल थियो हजुर
- नयाँ वर्षका दिन चार सय ५२ जनालाई विभूषित गरिँदै
- बिस्केट जात्रा- मध्यरातमा ढुंगा हानाहान, १९ जना घाइते
- बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
- सुनचाँदी लुटेपछि आधारातमा व्यवसायीको गोली हानी हत्या, दुईजना पक्राउ
- आज घोडेजात्रा, यस्तो छ मनाउनुको कारण र इतिहास
- गर्मी बढ्यो, कोरोनासंगै अन्य संक्रामक रोगको जोखिम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


