प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रनेप्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

  • प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने
  • प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने
  • प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने
  • प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने
  • प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने
  • प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

बिहीबारसम्म मनसुनी गतिविधि बढ्ने, उच्च सतर्कता अपनाउन आग्रह

18 September, 2019 11:00 |जल/वातावरण/स्वास्थ्य | comments | 2850 Views

    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले सोमबार रातिदेखि शुरु भएको वर्षा बिहीबार बिहानसम्म कायम रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि सक्रिय मनसुनी प्रणालीका कारण प्रदेश नं १, २, ३, ५ र गण्डकी प्रदेशका केही भूभागका भारी वर्षाको भएको छ ।

    adsads

    मंगलबार साँझदेखि बिहीबार बिहानसम्म मनसुन थप सक्रिय भई गण्डकी प्रदेशको धेरै जसो भूभाग तथा प्रदेश नं २, ३ र ५ का भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका पहाडी भूभागमा पहिरो जान सक्ने, नारायणी लगायतयका नदीहरुमा बहाव उच्च हुने र तराईमा बहने केही साना नदीहरुमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेका सचेत रहन अनुरोध गरेको छ ।

    आज राति देशको मध्य र पश्चिम पूर्वी भूभागका धैरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्न सक्ने साथै सडक र हवाई यातायातमा समेत अवरोध आउन सक्ने भएकाले सतर्कता अपाउन आग्रह गरिएको छ ।

    भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिण भागमा बनेको न्यूनचापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावका करण देशभर बुधबार रातिसम्म मनसुनी गतिविधि बढिरहने मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो ।

    त्यस्तै बाढी पूर्वानुमान महाशाखाले मंगलबार र बुधबार कोशी, बागमती, नारायणी, पूर्वी राप्ती रिउखोला, आरुण, तिनाउ, बाणगङ्गा मनहरि लोथरखोला, लालबकैयालगायत मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङ, भई बहने नदीमा बहावले सतर्कता तह पार गर्ने, केहीमा खतरा तह आसपास पुग्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौँ उपत्यमा २५.५ मिलिमिर वर्षा भएको छ । त्यस्तै पोखरामा ७९.५ मिलिमिटर, धरानमा ८३.४ मिलिमिटर, जनपुरमा ९.८ मिलिमिटर, सिमरामा १०.७ मिलिमिटर, दिपालयमा २४.२ मिलिमिटर, दाङमा ०.२ मिलिमिटर, धनगढीमा १९.६ मिलिमिटर र जोमसोममा ११.० मिलिमिटर वर्षाको छ ।

    मनसुनी प्रणाली कमजोर हुँदै

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!