बिहेभोजका लागि तीन दिन विद्यालय बन्द

27 February, 2015 14:41 | पत्रपत्रिका , मुख्य समाचार | comments | 26400 Views

पर्साको सेढवामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रधानाध्यापक जितेन्द्रप्रसाद गौरका छोराछोरीको बिहेभोजका लागि तीन दिन बन्द भएको छ। सार्वजनिक सूचनै जारी नगरी विद्यालय प्रशासनले बुधबारदेखि शुक्रबारसम्म तीन दिन विद्यालय बन्द गरेको हो।

adsads

School

प्रधानाध्यापक गौरकी छोरीको बिहे बिहीबार भएको छ भने उनका छोराको बिहे बुधबार भएको थियो। विद्यालयका सबै १४ शिक्षक हेडसरका छोराछोरीको बिहेमा सामेल भएकाले तीन दिन विद्यालय बन्द भएको विद्यार्थीले बताएका छन ।मंगलबार कक्षा सकिने बेला हेडसर गौरले विद्यार्थीलाई आइतबारमात्र विद्यालय आउन निर्देशन दिएका थिए। ‘हेडसरले अब आइतबारमात्र स्कुल खुल्छ भन्नुभयो’, कक्षा ९ मा अध्ययनरत विनोद साहले बिहीबार भने, ‘त्यसैले हिजो र आज स्कुल गइनँ। भोलि पनि जानु पर्दैन।’

स्रोतव्यक्ति नेपालेन्दु साहले स्रोत केन्द्रस्तरीय निर्णय नभई विद्यालयले सार्वजनिक बिदा दिन नमिल्ने बताए। यसअघि वीरगन्ज १४ श्रीपुरस्थित माउन्ट एड्मन्ड मावि एक शिक्षकको बिहेभोजका कारण गत माघ १८ गतेदेखि २० गतेसम्म बन्द थियो।त्यस्तै पर्साको लवाहरथकरी ७ खेस्राहामा रहेको हरिहरराज उपाध्याय नेपाल राष्ट्रिय प्राविमा पनि गत माघ १४ गते हेडसरका छोराको टीकाटालोमा सबै शिक्षक गएपछि पढाइ भएन।
-अन्नपुर्ण पोस्ट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

बिपी कोइराला

फेसबुक

बिपी कोइराला

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!