बीपीमा तिम्ल्याहाको जन्म

25 April, 2015 12:36 | क्षेत्रीय समाचार , जन सरोकार | comments | 41400 Views

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक महिलाले तीन शिशु जन्माएकी छिन् । सँखेजुङ इलाम घर भएकी ३६ बर्षीय भिमकुमारी तुम्वाम्फेले बैशाख ८ गते बेलुका तीन शिशु जन्माएकी हुन । आमा तथा बच्चाको स्वास्थ्य सामान्य रहेको चिकित्सकहरुले बताएका छन्।OLYMPUS DIGITAL CAMERA

प्रतिष्ठानका प्रसुति बिभागका चिकित्सक डा।अजय अग्रवलको टिमले गरेको सफल शल्यक्रियाबाट तीन शिशुको जन्म भएको हो। पहिलो पटक गर्भवति भएकी भिमकुमारीको पेट निकै ठुलो भएपछि भिडियो एक्स् रे गरेपछि मात्र तिन शिशु भएको पत्ता लागेको पति बलबहादुर राईले बताए । प्रतिष्ठानका प्रसुति विभागका चिकित्सक मोहनचन्द्र रेग्मीका अनुसार तिम्ल्याहा जन्मने घटना दुर्लभ हो ।

सामान्यतया एक सन्तान जन्म हुने भएकाको र दुई सन्तानसमेत असामान्य अवस्थामा जन्मिने गरेको उनको भनाई छ। प्रविधिको सहायतामा गर्भाधारण गरेमा मात्र यस्तो केश हुने मेडिकल साइन्समा उल्लेख भएता पनि प्राकृतीक रुपमै गर्भाधारण पश्चात तीन शिशु जन्मिनु निकै नौलो घटना भएको चिकित्सकहरु बताउछन् ।

  

यसअघि पनि प्रतिष्ठानमा चार शिशुको जन्म भएको थियो । तिनिहरुको स्वास्थ्य ठिक नरहेकाले बाच्न भने सकेनन् । यी शिशुको तौल र स्वास्थ्य राम्रो भएकोले बाच्न सक्ने सम्भावना रहेको रेग्मीको भनाई छ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More