बुगी उगीका सरोज मोक्तान भन्छन्, हामी नृत्य प्रेमीहरुलाई किन यस्तो पक्षपात ?(भिडियो अन्तर्वार्ता)

10 January, 2019 16:30 | अन्तरवार्ता , कला/मनोरन्जन | comments | 82200 Views


बुगी उगीका सेकेन्ड रनर अफ सरोज मोक्तान पछिल्लो समय म्युजिक भिडियोहरुमा व्यस्त छन् । बुगी उगीको यात्रा सकिएपछि उनी पाँच वटा जति म्यजिक भिडियोमा देखिएका छन् ।

भिडियोमा उनी आफैले कोरियोग्राफरको काम पनि गरेका छन् । उनी भन्छन् ,‘ बुगी उगी मेरो गड फादर नै हो किनभने बुगी उगीभन्दा अगाडिको सरोज मोक्तान र अहिलेको सरोज मोक्तानमा म आफैले धेरै फरक पाउँछु । मेरो पहिलेको जुन जीवन थियो त्यो अब रहेन,बुगी उगीले मेरो जीवन, जीउने तरिका र मलाई मानिसहरुले हेर्ने नजर नै परिवर्तन गराइदिएको महसुस गरिरहेको छु ।’ उनले थपे, हामीलाई माया गर्ने अनि साथ दिने धेरै हुनुहुन्छ । उहाँहरुले नेपालको नृत्य क्षेत्रमा अब केही गर्छन् भनेर हामीप्रति जुन आशा राख्नुभएको छ त्यसलाई हामी मर्न दिनेछैनौँ ।

नेपालमा नृत्य क्षेत्रमा बाँच्न त्यति सजिलो छ जस्तो त लाग्दैन । किनभने हामी नृत्य प्रेमिहरुलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन भएको छैन । मोक्तान भन्छन्, तर पनि म आफ्नो तर्फबाट यो क्षेत्रमा केही परिवर्तन ल्याउन सधैँ लागि नै रहने छु ।

  

नृत्य गर्दा हामीले कति दुःख गर्नुपर्छ ,कति शक्ति खर्च हुन्छ, एउटा नृत्य कम्पोज गर्न कति गार्हो हुन्छ तर हाम्रो यो मेहनतलाई कसैले नबुझ्दिदा दुःख लाग्छ । बुगी उगीमा आउनुभन्दा अगाडि मैले कति स्टेज शो हरु फ्रिमा अथवा च्यारिटिको लागि गरेको छु । कतिले हामीलाई कार्यक्रमहरुमा बोलाउनुहुन्छ तर फ्रिमा कि त च्यारिटिको लागी मात्र बोलाएर पछिको लागि राम्रो हुन्छ अहिले हाम्रो लागि नृत्य गर्दिनुस भन्नुहुन्छ भन्दै मोक्तानले दुःख पोखेका छन् ।

कहिले सम्म हामीले यसरी आफ्नै पैसा खर्च गरेर कार्यक्रमहरुमा जाने र नाँच्ने । एउटा कार्यक्रममा जानलाई गाडी भाडा चाहियो । त्यहाँ नृत्य देखाउनलाई जस्तो पायो त्यस्तै ड्रेसमा नृत्य गरेर भएन डान्ससँग सुहाउदो ड्रेस चाहियो । यसरि आफ्नै पैसा खर्च गरेर कार्यक्रममा हिड्दा हिड्दा हामी थाकिसकेका छौ भन्दै कार्यक्रम आयोजकहरुलाई यदि डान्सरहरुलाई सम्मान गरेर कुनै स्थान दिनुहुन्छ भने पारिश्रमिक पनि राम्रो दिनुस्  भनी उनी आक्रोसित भएका छन् ।

उनले यसरि आफ्नो आक्रोस व्यक्त गर्दै नृत्य क्षेत्रमा उचित सम्मान नभएकै कारण नृत्यलाई आफ्नो ढुकढुकी सम्झेर नृत्य पेशा अङ्गालेका धेरै नृत्य प्रेम्रीहरु विदेसिन बाध्य भएको बताएका छन् । यसरी सबैले नृत्यमा भविष्य छैन, यो पेशा अङ्गालेर बाँच्न सकिदैन भनेर विदेसिने हो भने नृत्यप्रतिको यस्तो सोच र दृष्टिकोण कस्ले परिवर्तन गर्ने ? नृत्य गरेृर पनि नाम र दाम कमाउन सकिन्छ भनेर सम्पूर्ण नृत्य प्रेमिहरु पनि छाती फुलाएर बाँच्न सक्ने दिन कस्ले ल्याउने ? मोक्तानले भिजन नेपाल सँगको कुराकानीमा यस्तै जिज्ञासा व्यक्त गरेका छन् ।

 

बुगी बुगीबाट चर्चामा आएका सृष्टि र रविनको पहिलो म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More