बुटवलका पाँचजना विद्यार्थीले बनाए बलात्कार र अपहरणबाट बच्ने सिस्टम

1 February, 2020 21:30 | सूचना/प्रविधि | comments | 70350 Views

बलात्कारका घटना बढिरहँदा बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने माग उठिरहेको छ भने यसबाट महिलालाई बचाउन अनेक कानुन पनि बनिरहेका भने प्रविधिको पनि विकास भएको छ । यसै क्रममा बुटवलको एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले बलात्कार र अपहरणबाट बचाउन सक्ने उपकरण बनाएका छन् ।

कालिका मानव ज्ञान माविमा कक्षा १२ मा कम्प्युटर विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु सुरज बस्याल, निश्चल न्यौपाने, साजन पौडेल, रितेश काफ्ले र शिशिर तिमिल्सिनाको समूहले ‘एन्टी रेप सिस्टम’ बनाएका छन् ।

  

पाठ्यक्रममा आधारित भएर स्कुले विद्यार्थीले गरेको यो आविष्कार नेपालमै पहिलो भएको दाबी गरिएको छ । यो सिस्टम बनाउने टोलीका एक सदस्य सुरज बस्यालका अनुसार त्यस्तो घडी लगाएको महिला वा जो कोही कसैबाट असुरक्षित भएको अवस्थामा घडीमा रहेको एउटा बटन थिच्नुपर्छ । बटन थिच्नेबित्तिकै खतराको सन्देश सर्भर बक्समा बज्न थाल्छ र प्रहरीले थाहा पाउँछ । ‘घडीमा जीपीएस ट्रयाकर प्रणाली जडान गरिएकाले असुरक्षित व्यक्ति कहाँ छ भन्ने लोकेसन सर्भर बक्सले देखाउँछ र तत्कालै उद्धार गर्न सकिन्छ,’ भने, ‘घडीभित्र रहेको रेडियो ट्रान्समिटरले सर्भर बक्समा सन्देश पठाउने काम गर्छ ।

‘एन्टी रेप सिस्टम’ मा एउटा घडी र सर्भर बक्सको कनेक्सन प्रोग्रामिङ गरिएको छ । जोगिन चाहनेले विशेष प्रकारको घडी लगाउनुपर्ने हुन्छ । घडीमा जीपीएस ट्रयाकर र रेडियो ट्रान्समिटर जडान गरिएको हुन्छ । सर्भर बक्स प्रहरी चौकीमा राखिन्छ । सर्भर बक्समा जिसिएम मोड्युल प्रणाली हुन्छ । जसले प्रहरी, घर परिवार र आफन्तलाई म्यासेज र फोन मार्फत सन्देश दिने काम गर्छ । सर्भर बक्सभित्र रेडियो रिसिभर जडान हुन्छ त्यसले घडीबाट आएको सन्देश लिने काम गर्छ । घडीमा बटन थिच्नासाथ सर्भर बक्समा खतराको घण्टी पनि बज्छ ।

त्यसो त बजारमा पाइने जुनसुकै डिजिटल घडीमा ‘एन्टी रेप सिस्टम’ जडान गर्न सकिन्छ । बढीमा पन्ध्र सय रुपैयाँ खर्चमा ‘एन्टी रेप सिस्टम’ जडान गरेर जीवनलाई सुरक्षित बनाउन सकिने आविस्कारकमध्येका अर्का विद्यार्थी शिशिर तिमिल्सिनाले बताएका छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More