बुद्धका मूर्ति फोरिन्छ- पशुपतिमा बम राखिन्छ ! सम्बन्धितहरुको रहस्यमय मौनता (भिडियोसहित)

22 September, 2019 19:15 |जन सरोकार | comments | 7950 Views

    वैदिक सनातन हिन्दु धर्म र यो धर्मले अँगालेको बुद्ध धर्ममाथि एकपछि अर्को आक्रमण भैरहेको छ । केही समय पहिले तिलौराकोटमा सडकमा राखिएका बुद्धका मूर्तिहरु रातारात फुटाइयो भने शुक्रबार साँझ पशुपतिनाथ क्षेत्रमा बम राखेको पाइयो ।

    adsads

    नेपाली सेनाको टोलीले समयमै बम निस्क्रिय पारेका कारण कुनै दुर्घटना हुन पाएन तर यो घटनाले गम्भीर प्रश्न भने उठाएको छ । पशुपति विश्वभरका हिन्दुहरुको आराध्यदेव भएका कारण यसको महत्व र गरिमा विश्वव्यापी छ । यति मात्र हैन पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत छ । धार्मिक र पुरातात्विक दुबै दृष्टिले अति महत्वपूर्ण पशुपतिमा बम राख्नेहरुको खोजी किन भएन भन्ने आम जनताको प्रश्न छ ।

    पशुपतिमा बम नै राखियो भने शुक्रबार नै जनकपुरधामस्थित जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि प्रहरीले झण्डै एक घण्टाभन्दा बढी समय सुरक्षा जाँच गरेको थियो । पूजापाठ तथा दर्शनका लागि आएका श्रद्वालु, मन्दिर परिसरमा रहेका व्यापारीसहित सबैलाई बाहिर निकालेर प्रहरीले एक घण्टासम्म चेकजाँच गरेको हो ।

    नेपालको राष्ट्रिय धर्मका रुपमा रहेको हिन्दु र बौद्ध धर्ममाथि भैरहेको प्रहार कुनै राजनीतिक प्रतिशोधको विषय मात्र नभए यो विधर्मीहरुको षड्यन्त्र हो भन्ने धेरैको आरोप छ । आखिर पटकपटक किनन भैरहन्छ धार्मिक सम्पदामाथि आक्रमण ?

    हेर्नुहोस् यो भिडियो

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!