बुद्धमूर्ति तोडफोड गर्नेलाई अविलम्ब पक्राउ गर्न राप्रपा र साझा पार्टीको माग

19 July, 2019 21:04 | राजनीति | comments | 10350 Views

राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देहीको तिलोत्तमा नगारपालिकास्थित सिद्धार्थ राजमार्गमा अज्ञात समूहले बिहीबार गौतमबुद्धको शालिक तोडफोड गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जारी गर्नुुभएको विज्ञप्तिमा धार्मिक, सामाजिक र सांस्कृतिक सद्भाव भड्काउने कार्यमा संलग्न अपराधिलाई कानूनी दायरामाल्याई कडा भन्दा कडा कारवाहीको माग गरिएको छ ।

adsads

ती मूर्तिले मुलुकको मौलिक परम्परा र मान्यतालाई निरन्तरता दिएको उल्लेख गरिएको विज्ञप्तिमा सर्वधर्म सद्भावको विचार राख्ने सबै नेपाली मर्महात भएको भनिएको छ ।

यसै गरी रुपन्देही जिल्लाको बुटवल–भैरहवा सडकको मध्यभागमा राखिएको भगवान गौतम बुद्धको मुर्ति तोडफोड गरिएको घटनाप्रति साझा पार्टीको गंभिर ध्यानाकर्षण भएको जनाएको छ।

रुपन्देहीमा बुद्धमूर्ति तोडफोड काण्ड- संयमताको खाँचो

साझा पार्टी प्रवक्ता डा। सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालका गौरव, शान्ति र सह(अस्तित्वका प्रेरक गौतम बुद्धको मुर्ति तोडफोड गर्ने कार्य गंभिर सामाजिक अपराधका साथै यो निन्दनीय कार्य हाम्रो संस्कृति र धार्मिक सद्भावप्रतिको प्रहार भएको ठहर गरिएको छ ।

विज्ञप्तिमा यो घटनाको सुक्ष्म अनुसन्धान गरि तोडफोड गरिएको ठाउँमा तुरुन्त मुर्ति पुनर्स्थापन गर्न, भविष्यमा यस्ता कार्य हुन नदिन आवश्यक सतर्कता र सुरक्षा प्रवन्ध मिलाउन साथै दोषीलाई यथाशिघ्र कानुनी कारवाही गर्न साझा पार्टी सरकार समक्ष आग्रह गएिको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!