बुद्धिचालका लागि खेलाडी छनोट सुरू

11 December, 2016 18:35 | खेल | comments | 64050 Views

timthumb
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा बुद्धिचालका लागि खेलाडी छनोट शुरू भएको छ । छनोट प्रतियोगिता पाँचथरको फिदिममा शुरु भएको छ भने पहिलो राउण्डमा २० खेलाडी विजयी भएका छन् । जसमा महिला तर्फ सात खेलाडी विजयी भएका छन्।

महिलातर्फ झापा र मोरङका खेलाडीले शत प्रतिशत नतिजा निकालेका छन्। महिलातर्फकी टप रेटेड मोरङ्गकी खुसी मुखियासँगै आस्मा थापा र ममता सहनीले जित हात पारे।

झापाकी पुनम प्रसाई, खुस्बु थापा र कृपा अधिकारी विजयी हुँदा ताप्लेजुङ्गकी सुशीला गुरुङ्गले पनि जीत दर्ता गरिन् ।

उता पुरूष तर्फ भने पहिलो बोर्डमा अप्रत्यासित नतिजा निकाली उदयपुरका अन रेटेड महेशकुमार बस्नेतले शनशनी मच्चाए । उनले पुरुषतर्फका टप रेटेड १९४७ रेटेड सप्तरीका सिंहेश्वर दासलाई चित ख्वाएका हुन् ।

  

अन्य खेलमा झापाका प्रकाश नेपाल र राजन सुवेदी, मोरङ्गका राजकुमार वान्तवा, इलामका सुरेन्द्र कुमार राई र याम प्रसाद लिम्बु,पाँचथरका रमेश केरुङ्ग र एलिन राई , धनकुटाका सुमन श्रेष्ठ, सुनसरीका राजनकुमार पोख्रेल र प्रज्वल घिमिरे र उदयपुरका पर्शुराम राई विजयी भएका छन् ।

सोमबार थप दुई राउण्ड खेल हुने चिफ आरविटर विजय कुमार थापाले जानकारी दिए । छनोटमा पूर्वाञ्चलका १६ जिल्लाका ४४ खेलाडीको सहभागिता छ ।

यो पनि हेर्नुहोस्-मध्यमाञ्चलबाट बुद्धिचालमा १० खेलाडी छनोट

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More