बुद्ध एयरले भित्र्यायो अर्को एक जहाज

15 September, 2019 10:45 |कर्पोरेट/पर्यटन | comments | 3900 Views

    निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक थान नयाँ एटिआर–७२ जहाज भित्र्याएको छ । भारतको चेन्नाईबाट उडेको सो जहाज शनिबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

    adsads

    योसँगै बुद्धसँग १३ जहाज भएका छन् । कम्पनीसँग एटिआर–७२ जहाज ८, एटिआर–४२ जहाज तीन र बीच–१९०० ‘डी’ दुई जहाज भएका छन् । बुद्धले आगामी अक्टोवर महीनामा थप अर्को एटिआर–७२ जहाज ल्याउने जनाएको छ ।

    जहाज थपिए पनि हाललाई उडान सङ्ख्या थप्ने योजना नरहेको बुद्धले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ जहाजले दशैँ अघि नै उडान थाल्ने र नजिकिएका दशैँ, तिहार र छठ पर्वका अवसरमा यात्रुलाई आवतजावत सजिलो हुने कम्पनीले उल्लेख गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!