धितोपत्र बजार धितोपत्र बजार

  • धितोपत्र बजार
  • धितोपत्र बजार
  • धितोपत्र बजार
  • धितोपत्र बजार
  • धितोपत्र बजार

बुधबार शेयर बजार दोहोरो अङ्कले बढ्यो

25 April, 2019 00:00 | अर्थ | comments | 22650 Views

मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार बुधबार भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १९.१४ विन्दुले बढेर एक हजार २७९.२९ विन्दुमा पुगेको छ ।

मङ्गलबार नेप्से ३.७४ विन्दुले बढेर एक हजार २६० मा पुगेर रोकिएको थियो । यसैगरी ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८० बिन्दुले बढेर २७६.९४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बुधबार विभिन्न १७२ कम्पनीका ३४ लाख आठ हजार ३७४ कित्ता शेयर रु ९५ करोड तीन लाख चार हजार ४१० मूल्यमा खरीद बिक्री भए । कारोबार भएका दश उपसमूहमध्ये जलविद्युत् र उत्पादन उपमूहको शेयर बढ्न सकेनन् । जलविद्युत् १०.६८ र उत्पादन उपसमूहको शयेर २।६९ बिन्दुले घट्यो ।

बैङ्किङ २७.२, होटल ६०.११, विकास बैंक ३९.३४, वित्त ३.९५, निर्जीवन बीमा १३.६९, अन्य ४.१६, लघुवित्त ६.०१ र जीवन बीमा ११.४६ बिन्दुले बढेको छ । स्टकका अनुसार बुधबार नेपाल बैंक लिमिटेडको शेयर रु नौ करोड ९४ लाख छ हजार २६९, ग्लोबल आइएमई बैंकको रु सात करोड १९ लाख चार हजार ७२०, एनआइसी एसिया बैंकको रु छ करोड ४० लाख ८४ हजार ७३४, प्रभु बैंक लिमिटेडको रु छ करोड २७ लाख ६० हजार ९५४ र जनता बैंक लिमिटेडको रु पाँच करोड ९४ लाख ७८ हजार ४९४ मा खरीद बिक्री भए ।

  

त्यस्तै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९.७७ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.८८, सहयोगी विकास बैंक लिमिटेड ६.६७, मेगा बैंकका शेयरधनीले ६.०४ ले कमाए । राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९३ प्रतिशतले गुमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ४.८६, नेपाल कम्युनिटी विकास बैंक ४.८६ र आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयर धनीले ४.६८ प्रतिशतले गुमाए ।

नयाँ वर्ष लागेपछि शेयर बजारमा उत्साह

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
धितोपत्र बजार

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More