असिना असिना

  • असिना
  • असिना
  • असिना
  • असिना
  • असिना

बेमौसमी वर्षा र असिनाले ठूलो क्षति, सांसदद्वारा राहत माग

7 April, 2019 20:47 | जन सरोकार | comments | 14100 Views

बेमौसममा आएको असिना पानी र हावाहुरीले देशका विभिन्न भागमा ठूलो क्षति पुर्याइरहेको छ । यसबीच चैत २२ गते दैलेखको इतिहासमै पहिलो पल्ट भएको ठानिएको हुरीबतास र असिना वर्षाले जिल्लाका दुई नगरपालिका र एक गाउँपालिकामा ठूलो क्षति भएको छ ।

प्रतिनिधिसभा सदस्य राजबहादुर बुढाले यही असिना प्रभावित परिवारका लागि राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तीनै तहका सरकारसमक्ष आग्रह गर्नुभएको छ ।

सांसद बुढाले आफूले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसंँग भेटी क्षतिको अनुमानित विवरण पेश गरेको र प्रभावित परिवारका लागि तत्काल राहत उपलब्ध गराउन आग्रह गरेको जानकारी दिनुभयो ।

  

उहाँका अनुसार दुल्लु नगरपालिकाका वडा नं २, ३ र ९ तथा चामुण्डा विन्द्रासैनी नगरपालिकाका १ देखि ९ सम्मका सबै वडामा बालीनाली, बोटबिरुवा र घरका छानामा पूरै क्षति पुगेको छ । यसैगरी असिना र हुरी बतासले ठाँटीकाँध गाउँपालिकाका वडा नं १, २ र ६ मा पूर्ण क्षति भएको छ भने ३, ४ र ५मा आंशिक भौतिक तथा बालीनाली नष्ट भएको बताइएको छ । आठबीस नगरपालिका वडा नं ९ मा पनि हुरी र असिनाले पूर्ण क्षति पुर्याएको छ ।

सांसद बुढाले प्रभावित क्षेत्रका दाजुभाइ दिदीबहिनीलाई यस्तो व्यापक क्षति भएकामा आफू अत्यन्त दुःखी भएको बताउँदै धैर्यधारण गर्न आग्रह गर्नुभएको छ । “यस्तो क्षति र विपत्तिको समयमा सबैको साथ आवश्यक हुन्छ र जनताको दुःखको बेला सरकारको भूमिका झनै महत्वपूर्ण हुन जान्छ”, सांसद बुढाले भन्नुभयो । स्थानीय जानकारलाई उद्धृत गर्दै सांसद बुढाले असिना करीब २ फिटसम्म बाक्लो परेको तथा त्यसको आकार अहिलेसम्म देखिएको असिनाको भन्दा चौबर ठूलो रहेको बताउनुभयो ।

प्रतिनिधिसभाका सांसद पार्वती विशुंखेले पनि जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ । सांसद बुढाका अनुसार जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने गुराँस गाउँपालिकाका १, २ र ३ मा पूर्ण र वडा नं ४ मा पनि आंशिक क्षति पुगेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
असिना

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More