बेलायतमा प्रधानमन्त्री ओलीको व्यस्तता- प्रधानमन्त्री र राजकुमार ह्यारीसंग भेटवार्ता

12 June, 2019 00:37 | राजनीति | comments | 28500 Views

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बेलायती राजकुमार ह्यारी र प्रधानमन्त्री टेरेसा मेसँग भेटवार्ता गर्नुभएको छ ।

बेलायत भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले पूर्वी लन्डनमा रहेको केन्सिंगटन पैलेसमा राजकुमार ह्यारीसग भेटवार्ता गर्नुभएको हो ।

adsads

भेटवार्तामा द्धपिक्षीय सम्वन्धका विषयमा छलफल भएको थियो । साथै भुकम्प गएको केही समयपछि नेपाल भ्रमणमा आएका राजकुमार ह्यारीले त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । भेटवार्तामा प्रधानमन्त्री ओलीसहित उहाकी पत्नी राधिका शाक्य पनि सहभागी हुनुभएको थियो ।

प्रधानमन्त्री ओलीसँग गैरआवासीय नेपाली संघका पदाधिकारीले पनि छलफल गरेका छन् । संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीलाई प्रदान गरिने नागरिकताका विषयमा जिज्ञासा राखेको जानकारी दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली र बेलायती प्रधानमन्त्री टेरेसा मेबीच भेटवार्ता भएको छ । लण्डनस्थित बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटमा भएको भेटमा द्धिपक्षिय हितका विषयमा कुराकानी भएको हो ।

भेटका क्रममा व्यापार, लगानी, लगायतका विषयमा केही सम्झौतामा समेत हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । १७ वर्ष पछि नेपालका प्रधानमन्त्रीले गरेको पहिलो बेलायत भ्रमणका क्रममा ब्रिटिस गोर्खा सेनाका मुद्दामा समेत छलफल भएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

तिजका अवसरमा सरसफाइ

फेसबुक

तिजका अवसरमा सरसफाइ

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!