ब्रेक्जिट वार्ताब्रेक्जिट वार्ता

  • ब्रेक्जिट वार्ता
  • ब्रेक्जिट वार्ता
  • ब्रेक्जिट वार्ता
  • ब्रेक्जिट वार्ता
  • ब्रेक्जिट वार्ता
  • ब्रेक्जिट वार्ता

बेलायती प्रधानमन्त्री र इयु अध्यक्षबीच ब्रेक्जिट वार्ता तीव्र पार्ने सहमति

17 September, 2019 10:00 |विश्व समाचार | comments | 6750 Views

    ब्रेक्जिट वार्ता

    बेलायती प्रधानमन्त्री बोरिस जोनसन र युरोपेली संघका अध्यक्ष जेन क्लाउड यङ्करबीच ब्रेक्जिट वार्ता तीव्र पार्ने सहमति भएको छ ।बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले सोमबार दिएको जानकारी अनुसार उहाँहरूले दैनिक वार्ता गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

    adsads

    प्रधानमन्त्रीको कार्यालयले भनेको छ, “ब्रेक्जिटसम्वन्धी छलफललाई तीव्रताका साथ अगाडि बढाउनु पर्ने र त्यसका लागि दैनिक छलफल गर्नुपर्नेमा नेताहरु सहमत हुनुभएको छ ।”

    लक्जेम्वर्गमा दुई नेताहरूको प्रत्यक्ष भेटवार्तापछि प्रधानमन्त्री कार्यालयले उहाँहरूको भेटवार्ताका बारेमा जानकारी दिएको हो । प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रीटले जारी गरेको वक्तव्यमा जोनसन र यङ्करकोे बैठक “सकारात्मक” भएको उल्लेख गरिएको छ । बेलायत युरोपियन युनियनबाट बाहिरिने विषयका विभिन्न पक्षका बारेमा उहाँहरूले छलफल गर्नुभएको कार्यालयले जनाएको छ ।

    ब्रेक्जिटका विषयमा आफू प्रधानमन्त्री भएपछि जारी राखेको अभियानको पछिल्लो प्रयासस्वरुप जोनसनले सोमबार यो महत्वपूर्ण भेटवार्ता गर्नु भएको हो । जोनसनको यो भेटलाई कतिपयले परामर्श बैठकका रूपमा पनि लिएका छन् । उक्त भेटमा आफूहरूले के कसरी काम गरिरहेका छौँ र आगामी दिनमा त्यसले के कस्तो परिणाम दिन सक्छ भन्ने बारेमा बेलायतका प्रधानमन्त्री जोनसनले अध्यक्ष यङ्करलाई जानकारी गराउनुभएको थियो ।

    प्रधानमन्त्री जोनसनले केही दिनअघि एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै भन्नुभएको थियो, “म यस काममा आशावादी छु, मलाई लाग्छ बेलायत युरोपियन युनियनबाट बाहिरिनेछ, हामीले तय गरेको समय आगामी अक्टोबर ३१ सम्ममा हामी बाहिरिने नै छौँ ।”

    युरोपियन युनियनको संसद्ले भने आगामी हप्ता यस विषयमा मतदान गराउने तयारी गरेको छ । यसैबीचमा प्रधानमन्त्री जोनसनले पनि हाउस अफ कमन्सबाट आफ्नो मतको पक्षमा जनमत लिन सक्नुपर्नेछ । बेलायतको संसद्मा अधिकाश सांसद बे्रक्जिटको विपक्षमा रहेकाले उहाँको पक्षमा जनमत आउने संभावना न्युन देखिएको छ

    बेलायत र युरोपका सञ्चारमाध्यमहरूले प्रधानमन्त्री जोनसनलाई बेलायतलाई युरोपियन युनियनबाट बाहिर निकाल्ने काम काम पूरा गर्न निकै कठिन देखिएको उल्लेख गरेका छन् ।

    ब्रेक्जिट सकसः बेलायती प्रधानमन्त्रीद्वारा जुन ३० सम्मको समय माग

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ब्रेक्जिट वार्ता

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!