नेपाली कांग्रेस नेपाली कांग्रेस

  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस
  • नेपाली कांग्रेस

बेल्ही चपेना गाउँपालिकामा कांग्रेस विजयी

22 September, 2017 09:31 | स्थानीय तह निर्वाचन | comments | 46800 Views

नेपाली कांग्रेस

सप्तरीमा जारी पछिल्लो मतगणना परिणामानुसार बेल्ही चपेना गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।

सो गाउँपालिकाका प्रमुख परमानन्द यादव तीन हजार ५४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का ओमप्रकाश मण्डलले दुई हजार ४२३ मत प्राप्त गर्नुभएको छ ।

  

त्यस्तै उपाध्यक्षमा कांग्रेसकै उषादेवी मण्डल तीन हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका चन्द्रिकादेवी यादवले दुई हजार १४७ मत प्राप्त गर्नुभयो । यसैबीच सप्तरीका १७ स्थानीय तहमा मतगणना जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

राजविराज –१५ मा मतदान सम्पन्न

राजविराज नगरपालिका वडा नं १५ मा बिहिबार शान्तिपूर्ण रुपमा तेस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ ।

प्रहरीको बाक्लो उपस्थितिमा दुई मतदान केन्द्रमा एक हजार २९२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेश ठाकुरले बताउनुभयो । त्यहाँ एक हजार ६३९ जना मतदाता छन् ।

मतदान केन्द्रका मतपेटिका निर्वाचन सकिएलगत्तै सदरमुकाम राजविराजस्थित खेलकुद विकास कार्यालयमा ल्याइसकिएको छ ।

उक्त वडामा गत भदौ ३१ गते राजपा नेपालका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि स्थगन भएकामा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो ।

यादवको मृत्युपछि संशोधित निर्वाचन कार्यक्रमअनुसार राजविराज – १५ मा राजपाका तर्फबाट वडाध्यक्षमा जसकरण मण्डलले यही असोज ३ गते आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

यसैबीच सर्वदलीय बैठक बसेर अहिले रातिदेखि राजविराज नगरपालिकाको मतगणना शुरु गरिएको छ ।

विष्णुपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
नेपाली कांग्रेस

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More