बेहोस अवस्थामा तीन जना मजदुर फेला

18 August, 2015 15:07 | जन सरोकार , सुदुर पश्चिमाञ्चल | comments | 64050 Views

सोमबार दैजीस्थित सम्झना रेस्टुराँमा बाजुरा कुलदेवमाडौ–४ का १७ वर्षीय टङ्क सार्की, १६ वर्षीय अजुर्न सार्की र अछामको पुनेतोला–८ का ५४ वर्षीय मनि भुललाई प्रहरीले होटलमा बेहोस अवस्थामा फेला पारेका हुन् ।

उनीहरु भारतको पौडीगडवालबाट मजदुरी गरेर घर फर्किदै गरेका अवस्थामा कञ्चनपुरको दैजीस्थित एक होटलमा बेहोस अवस्थामा फेला परेका हुन् । टङ्कको १९ हजार र अर्जुनको १६ हजार भारतीय रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । उनीहरुलाई बाजुराको कोल्टी गाविसका ठेकेदार रामबहादुर नाम बताउनेले दश जना मजदुरको समूहलाई उक्त होटल पुर्याएका थिए ।

होटलमा खाना खाएपछि सोही दिन बेलुका अन्य मजदुरलाई ठेकेदारले बसमा घर पठाएको थियो । त्यसपछि ठेकेदार रामबहादुर होटल सञ्चालकलाई खाना पकाइ राख्न भनी हिँडेको र फर्केर नआएपछि होटलमा रहेका तीन जनाको अवस्थासहित होटल सञ्चालक मोहनजङ्ग रोकायाले प्रहरीलाई जानकारी गराएका थिए ।

  

प्रहरीले बेहोस अवस्थामा रहेका उनीहरुले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको जनाएको छ भने होटल सञ्चालक रोकायालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More