बैंकका कर्मचारीलाई घरबाटै काम गर्ने वातावरण मिलाउन निर्देशन

10 August, 2020 15:28 | जन सरोकार | comments | 17850 Views

कोरोनाको जोखिम व्यापक रुपमा बढ्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकलेसबै बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै कोरोनाको सङ्क्रमणको मात्रा बढ्दै गएकाले घरबाटै काम गराउन र यदि सम्भव नभएका कमभन्दा कम कर्मचारी उपस्थित हुने गरी विभिन्न सिफ्टमा काम गर्ने वातावरण मिलाउन निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सरकारले यातायातको क्षेत्रमा जोर बिजोर प्रणाली लागू गरेको तथा स्वास्थ्य सुरक्षाका विषयमा स्पष्ट मार्गदर्शन गरेको भन्दै त्यसको पूर्ण रुपमा परिपालना गर्न गराउन भनेको छ । यस्तै, उसले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने सेवटालाई नियमित कसरी राख्न सकिन्छ भन्ने बारेमा कार्ययोजना बनाउन आग्रह गरेको छ ।

  

केन्द्रीय बैंकले विद्युतीय माध्यमबाट हुने कारोवारलाई थप प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थालाई पुनः ध्यानाकर्षण गराएको छ । बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा कोरोनाको सङ्क्रमणलाई न्यूनीकरण गर्दै सुरक्षाका अधिकतम सबै उपाय अनिवार्य रुपमा पालन गर्न तथा गराउन निर्देशन दिइएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

शिक्षामन्त्री

फेसबुक

शिक्षामन्त्री

ट्वीटर

सामाजिक सञ्जाल

More