बोइङ-७८७ लाई उडानका लागि पुन: अनुमती

27 April, 2013 11:03 | जापान | comments | 41250 Views

टोकियो, जापानले बोइङ-७८७ लाई उडानका लागि शुक्रबार पुन: अनुमती प्रदान गरेको छ । अनुमती पश्चात बोइङ-७८७ ड्रिमलाइनर्सले शुक्रबार रातिदेखि उडान भर्न पाएको छ ।

जापानको पुरानो मध्यको एक एयरलाईन्स कम्पनी अल निप्पोन एयर र जापान एयरलाईन्सद्वारा सन्चालित बोइङ-७८७ ड्रिमलाइनर्स बिमानहरु जनवरी देखि ब्याट्रीमा खराबी देखिएको भन्दै बन्द गरिएका थिए । जापानमा बिमानको ब्याट्रीमा खराबी देखिएपछि जापानी एयरलाईन्स लगायत अमेरिकी एयरलाईन्स र अन्य एयरलाईन्स कम्पनिले पनि उक्त बिमानको उडान रद्ध गर्दै मर्मत र जाचका लागी बिमान राखेका थिए ।

  

 

ब्याट्रीको जाच सम्पन्न भएको र अब बिमानले उडान भर्न सक्ने भनेपछि जापानी यातायात मन्त्रालयले बिज्ञप्ती जारी गर्दै अनुमति प्रदान गरेको हो । अमेरिकी निकायले पनि अब उक्त बिमानलाई उडानको अनुमति दिने भएको जानकारिमा उल्लेख छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More