दुर्घटना दुर्घटना

  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना
  • दुर्घटना

बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

4 July, 2018 16:51 | जन सरोकार | comments | 53850 Views

दुर्घटना

उत्तरी रसुवाको सिम्बु क्षेत्रमा बोलेरो जिप दुर्घटना हुँदा गएराति घटनास्थलमै दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार मृत्यु हुनेमा मोरङ जिल्ला घर भएका अन्दाजी ४५ वर्षीय शिवगञ्ज राजवंशी र दाङ जिल्ला घर भएका अन्दाजी २४ वर्षीय विकास घर्तीमगर रहेका छन् ।

सो दुर्घटनाबाट घाइते हुनेमा नवलपरासी जिल्ला घर भएका गौतम अर्याल र सुनसरीको धरान घर भएका अन्दाजी २२ वर्षीय जीवन राई रहेका छन् । उनीहरुलाई उपचारार्थ काठमाडौँ पठाइएको छ । घाइतेको टाउको, खुट्टा र हातमा बढी चोट लागेको बताइएको छ । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजनाको ठेकेदार कम्पनीअन्तर्गत राजवंशी डोजर अपरेटर र घर्तीमगर कामदारको प्राथमिक उपचार गर्ने स्वास्थ्य सहायक भएको प्रहरीले जनाएको छ ।

  

आमाछोदिम्मो गाउँपालिका–५ मा भएको सो दुर्घटनामा बा १७ च ५३४५ नंको बोलेरो जिपका चालक धादिङ घर भएका अन्दाजी २४ वर्षीय प्रकाश तामाङ फरार रहेकाले उनको खोजीकार्य जारी राख्दै थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रसुवाले जनाएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
दुर्घटना

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More