बौद्धमा युवतीले काटिदिइन् युवाको लिङ्ग

10 December, 2019 18:12 | जन सरोकार | comments | 59100 Views

काठमाडौंको बौद्धमा एक युवतीले प्रेम सम्बन्ध टुटेपछि प्रेमीको लिङ्ग काटिदिएकी छिन् । १९ वर्षीया थिङ थरकी युवतीले मकवानपुर घर भइ बौद्ध बस्दै आएका २१ वर्षीय सुनुवार थरका युवाको प्रेम लिङ्ग काटिदिएकी हुन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका अनुसार सुनुवारको ओम अस्पतालमा आईसीयू कक्षमा राखेर उपचार भइरहेको छ । बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार ती युवाको लिङ्ग आधी काटिएको छ भने युवतीको पनि हातमा चोट लागेको छ ।

  

प्रहरीले युवतीलाई पनि पक्राउ गरेको छ भने अपराधमा प्रयोग भएको चक्कु पनि बरामद गरेको छ । युवतीमाथि ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान थाल्ने तयारी गरिएको छ ।

एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुबीच हालै विछोड भएको थियो । घरकाले नमानेको भन्दै केटाले सम्बन्ध अघि बढ्न नसक्ने जनाएपछि अन्तिम पटक भनेर भेट्दा यो घटना भएको आशंका छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More