ब्रत बस्दा मुटुरोग, रक्तचापदेखि कोलेस्ट्रोल नियन्त्रणमा सघाउँछ पुग्छ

11 August, 2019 23:01 |जल/वातावरण/स्वास्थ्य | comments | 22050 Views

    हाम्रो धार्मिक मान्यता अनुसार विभिन्न तिथि तथा धार्मिक पर्वहरुमा ब्रत बस्ने चलन छ । पश्चिमा मुलुकमा यसलाई फास्टिङ भन्छन् र ब्रत वा फास्टिङ जे भने पनि सन्तुलितरुपमा ब्रत बस्ने हो भने यो स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

    adsads

    कुनै प्रकारको दीर्घरोग नभएका स्वस्थ मानिसहरुका लागि ब्रत धार्मिक हिसाबबाट मात्र हैन शारीरिक हिसाबबाट पनि उपयुक्त र अनिवार्य जस्तै मान्छ शरीर विज्ञानले । किनभने हाम्रो शरीरलाई स्वस्थ राख्न खानपानमा अनुशासन आवश्यक पर्दछ र यस्तै अनुशासनमा ब्रत पर्दछ ।

    ब्रत किन बस्ने भन्ने कुरालाई केलाउने हो भने हामीले खाएको खाना जतिसुकै सन्तुलित भए पनि पाचन प्रणाली सन्तुलित भएन भने यसले शरीरलाई दिनुपर्ने पोषण दिंदैन । त्यसैले पाचन यन्त्रलाई विश्राम दिनका लागि पनि ब्रत बस्नु आवश्यक मानिन्छ । तर ब्रत आफ्नो शारीरिक अवस्था अवस्था हेरेर बस्नुपर्छ । दुई छाक अन्नको साटो फलफूल मात्र खाने, केही पनि नखाइ भोकै बस्ने गर्दा पाचन यन्त्रले विश्राम लिन्छ र हाम्रो पाचन प्रणालीलाई सक्रिय बनाइरहन्छ ।

    ग्यास्ट्रिक छ वा अरु कुनै रोग छ भनेर हामी निरन्तर खारहन्छौं । तसका कारण पाचन यन्त्रले विश्राम पाउँदैन र अझ स्वादिलो खानेकुरा भेटे पेट चर्कने गरी खाइन्छ । जुन हानिकारक छ । शरीरले पचाउन सक्दैन । पोषणका लागि खाएको खानेकुरा विषाक्त बन्दछ ।

    खासमा स्वस्थ शरीरका लागि भरपेट खानु मात्र हैन कि खाली पेट बस्नु पनि आवश्यक मानिन्छ । खास गरी हप्तामा एक दिन भोकै बस्दा यसले हाम्रो शरीरलाई विविध प्रकारको लाभ मिल्छ । जस्तो कि आफूलाई बढी परिश्रम गर्न नपर्ने दिन भोकै बस्ने । यसो गर्दा शरीरको आन्तरिक शुद्धिकरण हुन्छ । शरीरमा रहेको विषाक्त तत्व बाहिर निस्कन्छ । शरीर स्वस्थ्य हुन्छ ।

    हुन त ग्यास्ट्रिकका बिरामीले खाली पेट बस्नु हुँदैन भन्छौं । निरन्तर खाइरहँदा पेटले सहँदैन, पेट फुल्छ, अपच हुन्छ वा धेरै खानेकुरा खाएमा पखला लाग्छ । नखाएमा ग्याष्ट्रिकले सताउन थाल्छ पनि भन्छौ । तर हप्तामा एकपटक भोकै बस्दा अपच, ग्याष्ट्रिक, कब्जियत, पखला, एसिडिटी, जलन आदिको समस्याबाट मुक्ती पाइन्छ ।

    त्यस्तै हप्तामा एक दिन भोको बस्दा कतिपय दीर्घ रोगमा पनि लाभ मिल्छ । खास गरी उच्च रक्तचाप नियन्त्रणमा सघाउ पुग्छ । यसका साथै कोलेस्ट्रोलको स्तर पनि घट्छ । यसै गरी हप्तामा एक दिन खाली पेट बस्दा मुटुको समस्यामा पनि लाभ पुग्छ । किनभने खाली पेट बस्दा कोलेस्ट्रोलको स्तर घट्छ । कोलेस्ट्रोल नै हृदय रोगको जड हो ।

    हाम्रो धार्मिक मान्यताबाटै शरीरलाई स्वस्थ र सक्रिय बनाउन यस्ता ब्रत बिधि बनाइएको हो भन्ने अहिले आएर पुष्टि भैसकेको छ । त्यसैले आजभोलि बूत संस्कृति विकसित भएको छ र संसारभर फैलिएको छ ।

    हुन पनि ब्रतले एन्टी एजिङको पनि काम गर्दछ । निरन्तर ब्रत बस्ने मानिसहरु बढी उमेरमा पनि कम उमेरको जस्तो देखिन्छन् । ब्रतले स्मरणशक्ति पनि बढाउँदछ । यस्तो बेला ब्रत बस्ने महिलाहरुमा सकारात्मक सोचाई आउने हुनाले उनीहरु खुसी र तनाबबाट टाढा हुन्छन् । त्यसकारण पनि हप्तामा कम्तिमा १८ घण्टासम्म ब्रत बस्दा शरिरका लागि अत्यन्तै फाइदा हुन्छ ।

    अर्कोतिर दिर्घ रोगी, गर्भवती महिला, बच्चालाई दूध पिलाउने आमा, सुगर, प्रेसर, कोलेस्ट्रोल लगायतका रोगको औषधि खाइरहेकाहरुले डाक्टरको सल्लाह अनुसारमात्र ब्रत बदा राम्रो हुन्छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More