ब्राजिलमा एकैदिन चार हजारभन्दा बढीको मृत्यु, भारतमा एक लाख १५ हजार संक्रमित

7 April, 2021 19:43 | विश्व समाचार | comments | 13950 Views

कोरोना भाइरस संक्रमणबाट सर्वाधिक प्रभावितमध्येको एक ब्राजिलमा संक्रमणबाट मृत्यु हुनेको संख्या पुनः बढ्न थालेको छ । गत २४ घण्टामा त्यहाँ कोभिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गुमाएपछि यस संक्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ । ब्राजिलमा कोरोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गुमाएका यो पहिलो पटक हो ।

  

ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भयानक तनाव खेपिरेहको छ । एस्पिरिटो सान्टो फेडरल युनिभर्सिटीका महामारी विज्ञ एथेल मकिएलले भने, हामी भयानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा संघीय सरकारले प्रभावकारी उपाय देखिरहेका छैनौं।

देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्रभावकारी लकडाउन भएको उहाँले बताउनु भएको छ ।

देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गुमाउनु परेको विज्ञहरुको भनाई रहेको छ । कोरोना भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य संकट निम्त्याउनुमा राष्ट्रपति जाइर बोल्सोनारो जिम्मेवार भएको आरोप लगाइएको छ ।

उता नेपालको छिमेकी मुलुक भारतमा कोराना संक्रमण फैलिएयता दोस्रो पटक २४ घण्टामा एक लाखभन्दा बढी संक्रमित थपिएका छन् । भारतमा पछिल्लो २४ घण्टामा एक लाख १५ हजार संक्रमित थपिएका हुन् ।

कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेसँगै विश्वमा यसको फैलावट तीब्र रहेको छ । मंगलबार भारतपछि ब्राजिल र अमेरिकामा धेरै मानिसमा संक्रमण भएको छ । भारतमा पछिल्लो २४ घण्टामा ६ सय भन्दा बढी मानिसको ज्यान सोही संक्रमणका कारण भएको छ ।

भारतमा १ करोड २८ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण भएको छ । १ लाख ६६ हजारको मृत्यु भइसकेको बताइएको छ । भारतबाट नेपालमा निर्वाध मानिसहरु आइरहेको सन्दर्भमा कोरोनाको उच्च जोखिममा नेपाल समेत परेको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More