नेपाली नृत्य प्रतियोगितानेपाली नृत्य प्रतियोगिता

  • नेपाली नृत्य प्रतियोगिता
  • नेपाली नृत्य प्रतियोगिता
  • नेपाली नृत्य प्रतियोगिता
  • नेपाली नृत्य प्रतियोगिता
  • नेपाली नृत्य प्रतियोगिता
  • नेपाली नृत्य प्रतियोगिता

ब्रिसबेनमा अस्ट्रेलियाब्यापी नेपाली नृत्य प्रतियोगिता हुँदै

14 September, 2019 15:05 |प्रबास | comments | 3750 Views

    नेपाली नृत्य प्रतियोगिताअस्ट्रेलिया । नेप्लिज एसोसिएसन अफ क्विन्सलाण्डको आयोजना तथा गैर आबासीय नेपाली संघ अस्ट्रेलियाको संयोजनमा यही सेप्टेम्बर २८ र २९ तारिख ब्रिसबेनमा “हाम्रो संस्कृति हाम्रो पहिचान, गरौ प्रबर्द्धन, सम्बर्द्धन अनि सम्मान” नारा सहित अस्ट्रेलियाब्यापी नेप्लिज नृत्य प्रतियोगिता २०१९ हुँदैछ ।

    adsads

    न्यूजिल्याण्डको समेत सहभागिता रहने यो कार्यक्रममा अस्ट्रेलियाको ताज्मानिया बाहेक सबै राज्यबाट सहभागिता रहनेछ र प्रतियोगितामा नेपालका बिभिन्न जातजाति, भेषभुषा, कला र लोक संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत हुनेछन् ।

    टाइटल स्पोन्सर एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस (Expert Education & Visa Services) रहेको यो प्रतियोगितामा एकल, युगल र समूह गरी जम्मा ३ प्रकारका नृत्यहरुको प्रस्तुति रहने छ । प्रतियोगितामा १७ वटा एकल, ९ जोडी र १० समूह नृत्यहरु छनौटमा परी प्रतिस्पर्धाका लागि तयारीमा छन् । आ-आफ्नो नृत्य प्रस्तुत गर्ने क्रममा प्रतियोगीले आफूले प्रस्तुत गर्ने नृत्य र यससंग सम्बन्धित साँस्कृतिक महत्वको बारेमा बढीमा २ मिनेटको जानकारी प्रदान गर्नु पर्ने छ ।

    दुइ चरणमा हुने यो प्रतियोगितामा उत्कृस्टताको आधारमा प्रत्येक समुहबाट पाँच नृत्य दोश्रो चरणमा जानेछन । एकल नृत्यमा प्रथमलाई ८००, द्धितियलाई ५०० तथा तृतियलाई ३००, युगल नृत्यमा प्रथमलाई १२००, द्धितियलाई ७०० तथा तृतियलाई ४०० र समूहतर्फ प्रथमलाई १६००, द्धितियलाई ९०० तथा तृतियलाई ५०० डलर नगद पुरस्कारको ब्यबस्था छ ।

    प्रतियोगितामा चर्चित कोरियोग्राफर, कथ्थक डान्सर तथा कला प्रशिक्षक सुबिमा श्रेष्ठ मुख्य जजको रुपमा रहनु हुनेछ । सन् २००९ देखि ब्रिसबेनमा शुरु भएको उक्त प्रतियोगिताको पाँचौ शृंखलाको रुपमा संचालन हुन गइहेको यो प्रतियोगिता प्रत्येक दुइ बर्षमा आयोजना गर्ने गरिएको छ ।

    प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई खान बस्न र हवाई टिकटको समेत ब्यबस्था गरिएको आयोजक कमिटिका संयोजक डा केशब शर्माले जानकारी गराउनु हुदै यस कार्यक्रमको मुख्य उद्देश्य अस्ट्रेलिया र न्यूजिल्याण्डका दोश्रो पुस्ताका नेपालीहरुलाई नेपालप्रतिको माया जगाउनु र नेपाली कला, संस्कृति, भाषा, साहित्य, जातजाति, भेषभुषा, नेपाली लोक गीत संगीत लगायत बिबिध बिषयहरुको जानकारी गराउनु पनि रहेको बताउनु भयो ।

    नेपाली नृत्य प्रतियोगिता

    लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले शुभ-कामना सन्देश मार्फत “हाम्रो पहिचानको माध्यम भनेकै हाम्रा कला, संस्कृति र भाषा नै भएकाले बिशेष गरी प्रवासमा यस्को प्रबर्द्धन र सम्बर्द्धन गर्न सकिए मात्रै दोस्रो पुस्ताले नेपाल र नेपालीको महत्व बुझ्न सक्ने भएकोले यो कार्यक्रमको बहुआयामिक महत्व छ” भन्दै अभियानको तर्फबाट नृत्य प्रतियोगिताको सफलताको लागि हार्दिक शुभेच्छा ब्यक्त गर्नु भएको छ ।

    ‘कर्के नज’अन्तरराष्ट्रिय नृत्य प्रतियोगिता हुँदै, बिजेतालाई एक लाख पुरस्कार

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    नेपाली नृत्य प्रतियोगिता

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!