ब्रुमरब्रुमर

  • ब्रुमर
  • ब्रुमर
  • ब्रुमर
  • ब्रुमर
  • ब्रुमर
  • ब्रुमर

ब्रुमरले एक रातमा १३ स्थानमा सफा गर्दा १८ टन धुलो (भिडियोसहित)

28 March, 2019 14:11 |जन सरोकार | comments | 36150 Views

    ब्रुमर

    धुलोले आजित काठमाडौंबासीलाई अब भने राहत हुने भएको छ । काठमाडौं महानगरपालिकाले पाँचवटा ब्रुमरबाट सडक सफा गर्न थालेको पहिलो दिन बुधबार राति १३ स्थानमा धुलो सफा गर्दा १८ टन धुलो संकलन भएको छ ।

    adsads

    समाचारा अनुसार सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा भएको महानगरपालिका कार्य सञ्चालन शाखाले जनाएको छ ।

    सबैभन्दा धेरै धुलो रत्नपार्क, सुन्धारा, जमल, त्रिपुरेश्वर क्षेत्रका सडकबाट संकलन भएको थियो । यी क्षेत्रबाट डेढ टिप्पर धुलो संकलन भएको छ ।

    ब्रुमर चलाउँदा सडकको धुलो ब्रुमरको ट्यांकीमा जम्मा हुन्छ । ४.६८ घनमिटर भण्डारण क्षमता रहेको ब्रुमरको ट्यांकी भरिएपछि टिप्परमा खनाइन्छ । सो धुलोलाई महानगरपालिकाको फोहर संकलन केन्द्र टेकुमा बिसर्जन गरिएको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ब्रुमर

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!