ब्रुमरब्रुमर

  • ब्रुमर
  • ब्रुमर
  • ब्रुमर
  • ब्रुमर
  • ब्रुमर
  • ब्रुमर

ब्रुमर ल्याएको पाँच महिनसम्म भएन धुलोको कमी- सडक नसुध्रेसम्म केही हुन्न

26 September, 2019 13:03 |जल/वातावरण/स्वास्थ्य | comments | 7800 Views

    ब्रुमर

    काठमाडौँ महानगरपालिकाले सडकको धुलो हटाउन ब्रुमर सञ्चालन गरेको पाँच महीना बितिसक्दा पनि काठमाडौँको सडकमा कुनै परिवर्तन आउन सकेको छैयसको एउटै कारण भनेको सडकको अवस्था ब्रुमरले सफा गर्ने स्तरको नहुनु हो ।

    सडकमा धुलो उस्तै रहेको देखिन्छ भने पानी परेको बेला हिलो पार गर्नुपर्ने काठमाडौँवासीको बाध्यता हो ।

    adsads
    नियमितजस्तो पानी परेकाले ब्रुमर सञ्चालन गर्न समस्या भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

    कामपाले ब्रुमर सञ्चालन गरेको पाँच महीना भयो, महानगरको सडकमा धुलो कम भएको छैन । कामपा वतावरण विभागका अनुसार हरेक दिनजसो पानी पर्दा ब्रुमरले नियमित सडक सफा गर्न पाएको छैन, जसका कारण जनअपेक्षाअनुसार धुलो कम हुन सकेको छैन् ।

    कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीको कारण हुने हिलो सफा गर्नु अर्को थप चुनौती हो । दैनिक १० टन धुलो सङ्कलन गर्दै आएका सात यान्त्रिकका कुँचोले अहिलेसम्ममा करीब ५०० टन धुलो सङ्कलन गरिसकेको श्रेष्ठको भनाइ छ । सङ्कलित धुलो टेकुमा व्यवस्थापन गरिएको पनि उहाँले जानकारी दिनुभयो । महानगरले सुन्दर, स्वच्छ र सफा शहर निर्माण गर्ने कार्यअनुरुप अत्याधुनिक यन्त्रबाट सडक सफा गर्न थाले पनि नगरवासीले सफा काठमाडौँको अनुभूति गर्न पाएका छैनन् ।

    गत फागुन २८ गते इटालीबाट ल्याइएका पाँच र त्यसको केही समयपछि चीनको सहयोगमा आएको दुई गरी सात ब्रुमर प्रयोगमा रहे पनि काठमाडौँको सडक सफा हुनसकेको छैन । सात वटै ब्रुमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुप काम गरिहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहुँदा समस्या भएको बताइएको छ ।

    प्रमुख श्रेष्ठका अनुसार अर्को प्रमुख समस्याको रुपमा सडकमा रहेका खाल्डाखुल्डी हो । यो समस्या समाधानका लागि सडक विभागले केही स्थानको सडकको खाल्डाखुल्डी पुर्ने काम गरे पनि धेरै स्थानको काम हुन बाँकी रहेको छ । जसका कारण ब्रुमर सञ्चालन गर्न समस्या भएको छ ।

    न्यूरोड, रत्नपार्क, जमल, कालीमाटी, कलङ्की, पुतलीसडक, बिजुलीबजारलगायतका स्थानमा खाल्डाखुल्डी रहेकाले महानगरले सडक विभागसँग पुर्न आग्रह गरेको छ । यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र कामपाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गर्दै आएको थियो । महानगरसँग यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको छ । उक्त यन्त्रले पानी नपरेको दिन साँझ ८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सडक सफा गर्दै आएको छ । सञ्चालनमा रहेका ब्रुमर रु १० करोड ८० लाखमा ल्याइएको हो ।

    ती ब्रुमर दैनिक १० किलोमिटरसम्मको धुलो सङ्कलन गर्नसक्ने क्षमताको रहेका छन् । यूरो मापदण्डका भनिएका उक्त ब्रुमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लाष्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

    खाल्डाखुल्डी र भूकम्पका कारण भत्किएका संरचना पुनःनिर्माणको कामले पनि समस्या भएको विभागले जनाएको छ । मुख्य सडक सुन्धारास्थित धरहरा, दरबार हाइस्कूल, रानीपोखरी, काठमाडौँ भ्यूटावर र बसपार्कमा विभिन्न स्थानबाट आएका सवारी साधनले ल्याएका हिलो माटोका कारण सफा गर्न समस्या भएको विभागले जनाएको छ ।

    कानूनीरुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र महानगरकोे जिम्मेवारीमा पर्दछन् भने अरु सडकहरु सडक विभागको मातहतमा रहेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    ब्रुमर

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!