ब्रेकपछि निता र आमेशले ‘बैमानी’ गरे

24 May, 2019 15:50 | कला/मनोरन्जन | comments | 14550 Views

नायिका निता ढुंगाना र नायक आमेश भण्डारी अभिनित म्यूजिक भिडियो सार्वजनिक भएको छ । जीतु श्रेष्ठ र अनु अधिकारीको स्वरमा रहेको ‘बैमानी बैमानी’ बोलको गीतको भिडियोमा नीता र आमेश जोडी बनेका छन् ।

adsads

केहि बर्ष पहिले गहिरो प्रेममा रहेका नीता र आमेशको झण्डै तीन बर्ष अगाडी ब्रेकअप भएको थियो । ब्रेकअप पछि आ(आफ्नो तरिकाले काम गरिरहेका उनिहरुले पहिलोपटक म्यूजिक भिडियोमा काम गरेका हुन् । यसअघि उनिहरुले दुई चलचित्रमा सँगै काम गरेका थिए । यो भिडियोमा अभिनय गरेसँगै आमेश र नीताको प्याचअप भएको खबरहरु पनि बाहिरिएका थिए । यद्यपी उनिहरु भने अहिले आफुहरु मिल्ने साथी भएको बताउँछन् ।

नायक भण्डारी आँफै गायक समेत हुन् । उनले यसअघि आफ्ना गीतहरुमा मात्र अभिनय गर्दै आएका थिए । नीताले अभिनय गर्ने भएपछि गीत पनि राम्रो भएको कारण पहिलो पटक अरुको गीतमा अभिनय गरेको उनले बताए । यसबाट नीता र आमेशबीच पुनस् सम्बन्ध सुध्रिएको अनुमान लगाउन सकिन्छ ।

मिलन सुर्खेतीको संगीत रहेको यस गीतमा योगेन ढोलीको शब्द रचना रहेको छ । रोशन दाहालको छायांकन तथा सम्पादनमा बनेको भिडियोलाई बिदुर सिवाकोटीले निर्देशन तथा कोरियोग्रा‍फी गरेका छन् ।

हेर्नुहाेस् भिडियो:

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!