“भएका सहमतिबारे भारतलाई जानकारी गराएँ” : निधि

23 August, 2016 18:43 |राजनीति | comments | 154050 Views

    राष्ट्रपति र प्रधानमन्त्रीको भ्रमण निश्चित

    Nidhi Return

    प्रधानमन्त्री पुष्पकमल दाहालका विशेष दूतका रुपमा भारत भ्रमणमा जानुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो भारत भ्रमण सफल भएको र भारतले आफूलाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ ।

    निर्धारित समयभन्दा एकदिन बढी भारत बस्नुभएका निधिले मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आफ्नो भ्रमणलाई भारतले विशेष प्राथमिकता दिएको बताउनुभएको हो ।

    adsads

    पत्रकारहरुसामु उहाँले भारत भ्रमणका क्रममा सरकारका प्राथमिकताका विषयमा कुरा भएको जानकारी दिंदै सरकार गठन हुँदा कांग्रेस–माओवादीबीच भएको सात बुँदे सहमति र कांग्रेस–माओवादी र मधेशी मोर्चाबीच भएको तीन बुँदे सहमति अनुसार नै सरकार अगाडि बढ्ने भारतीय नेताहरुलाई जानकारी गराएको पनि बताउनुभयो ।

    निधिले आफ्नो भारतले भ्रमणले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण, भारतीय राष्ट्रपतिको नेपाल भ्रमण र नेपालका राष्ट्रपतिको भारत भ्रमण पक्का भएको जानकारी दिंदै मिति नतोकी तीनवटा उच्चतहको भ्रमण हुने पक्का भएको बताउनुभएको हो ।

    निधिले आफ्नो भ्रमणपछि नेपाल र भारतबीचको सम्वन्धमा देखिएको तिक्तता हटेर सम्वन्ध पुनः सुधार भएको दावी गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा यसको पुष्टि हुनेछ पनि बताउनुभयो ।

    दिल्ली भ्रमणमा रहँदा निधिले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष अमित शाह, पूर्व प्रधानमन्त्री मनमोहन सिंह, कांग्रेस आइका उपाध्यक्ष राहुल गान्धीलगायतसँग भेटवार्ता गर्नुभएको थियो ।

    प्रधानमन्त्री दाहालका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा भने चीनमा विशेष दूतकाा रुपमा भ्रमणा गरेर फर्किसक्नुभएको छ ।

    मोदी समक्ष निधिको बयान- सरकारको पहिलो काम संविधान कार्यान्वयन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!