भक्तपुरबाट शुरु भएको अतिक्रमण विरुद्धको विरोध अभियान देशव्यापी बन्दै

11 November, 2019 22:18 |जन सरोकार | comments | 5700 Views

    भारतले गरेको नेपालको भूमि अतिक्रमणको विरुद्धमा नेपाल मजदूर किसान पार्टीले देशव्यापी विरोध चर्काएको छ । नेमकिपाले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक भारतीय नयाँ नक्सामा गाभेको विरूद्धमा देशव्यापी रुपमा विरोध अभियान शुरु गरेको हो ।

    adsads

    भक्तपुरबाट शुरु गरेको देश बचाउ अभियानमा भारतले आफ्नो नक्सामा राखेको भूमि फिर्ता गर्न र भारतले जारी गरेको नयाँ नक्साबाट नेपाली भूमि हटाउन माग गर्दै नेमकिपाले भक्तपुरलगायत देशका विभिन्न जिल्लामा विरोध जुलुस एवं सभाको आयोजना गरेको छ ।

    नेमकिपाले भक्तपुर, कीर्तिपुर, जुम्ला, नेपालगञ्ज, कैलाली, सुर्खेतलगायतका स्थानमा जुलुस तथा विरोध सभाहरु गरेको नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईंले जानकारी दिनुभयो ।

    नेमकिपाले आफ्ना केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको नेतृत्वमा जिल्लाजिल्लामा अभियान सञ्चालन गरेको उहाँले जानकारी दिनुुभयो । भारतले नेपाली भूमि फिर्ता गरेर भारतीय सेना नहटाएसम्म नेमकिपाको विरोध जारी रहने उहाँले बताउनुभयो ।

    लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More