भक्तपुरमा मनाइयो खड्गजात्रासहित घोडाजात्रा

9 October, 2019 19:23 |जन सरोकार | comments | 7950 Views

    प्रत्येक वर्ष दशैँको टीका (दशमी)को दिन राति मनाइने भक्तपुर तलेजु भवानीको बाहन सेतो घोडाजात्रा मध्यरातिबाट शुरु भएर एकादशी (आज) बिहान सम्पन्न भएको छ ।

    विजयादशमीको राति तलेजु भवानीमा तलेजुका चार मूल नाइके आचाजु, जोशी र राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पूजा, टीका साइत पूजा र विसर्जन पूजा सम्पन्न गरेपछि मध्यरातिबाट सेतोघोडा जात्रा शुरु भएको परम्परा रहेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले बताउनुभयो ।

    adsads

    जात्रा शुरु हुनुअघि सेतो घोडालाई एउटा भेडा बलि चढाएपछि घोडाजात्रा भक्तपुर नगरमा डुलाएको जोशीले बताउनुभयो । दशमीको राति वर्षमा एकदिन चन्द्रमासको गतिअनुसार तलेजु र नवदुर्गा भवानीसहित खड्ग जात्रा ९पायो जात्रा० गरेर नगर परिक्रमा गराई जात्रा मनाएको उहाँले जानकारी दिनुभयो ।

    मूल नाइके जोशीका अनुसार महिषासुर दानवमाथि विजय हासिल गरेपछि तलेजुले आफ्नो बाहन सेतो घोडामा सिँगारिएर तलेजु भवानी खुशियाली मनाउन नगर परिक्रमा गरेको भन्ने जनविश्वासअनुसार यो जात्रा मनाउने गरिन्छ ।

    राति तलेजुको मूल चोकबाट सेतो घोडालाई बाहिर ल्याइसकेपछि भक्तपुर नगरको तल्लो दरबार क्षेत्रबाट भार्वाचो, वंशगोपाल, भूजिकोखा, नारायणचोकसम्म र माथिल्लो दरबार क्षेत्रबाट दत्तात्रय, तौमढी हुँदै नारायणचोकसम्म घुमाइ जात्रा सम्पन्न गरिएको छ । जात्राको क्रममा राति दरबार क्षेत्रस्थित पशुपतिनाथ मन्दिर अगाडि घोडानाच देखाइ तीनपटक दगुराएर बिहान करीब ३ बजे घोडाजात्रा सम्पन भएको जोशीले बताउनुभयो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More