भगौडा कम्पनीलाई कारबाही नगरी पुनः टेन्डर

1 February, 2016 16:21 | मध्य पश्चिमाञ्चल | comments | 155850 Views

roadनेपालगञ्जदेखि राप्तीपारी बघौडा सुइयाँसम्मको हुलाकी राजमार्ग निर्माणका लागि पुन: टेण्डर प्रक्रिया अघि बढेको छ ।
भारत सरकारको आर्थिक सहयोगमा हुने भनेको हुलाकी सडक निर्माण ठेकेदारका कारण बीचमै प्रभावित भएपछि पुनः टेण्डर प्रक्रिया अघि बढेको हो ।

भारतीय निर्माण कम्पनी जीभीआर इन्फ्रा प्रोजेक्ट लिमिटेड चेन्नईले बीचमै काम छाडेपछि ०७१ साउन ३० गतेदेखि सडकको काम ठप्प भएको थियो । सडक निर्माण सुस्तगतिमा सञ्चालन गरेको आरोप खेपिरहेको सो कम्पनीले बाढीका कारण घाटा भएको भन्दै काम नै छाडेर भागेको थियो ।

हुलाकी सडक अन्तर्गत बाँकेमा नेपालगन्जदेखि बघौडासम्म ४४.६ किलोमिटर सडक निर्माण गर्ने योजना रहेकोमा कम्पनीले काम गर्न छाडेपछि अब नेपालले आफैं निर्माण गर्ने गरी काम अघि बढेको हुलाकी राजमार्ग आयोजना नेपालगन्जका प्रमुख तुरुन्त मण्डलले बताउनुभयो ।

  

राजमार्ग बनाउन सन् २००६ मा नेपाल भारतबीच भएको समझदारी अनुसार सरकारले छानेका सडकको डिजाइन, सुपरिवेक्षण र निर्माण तीन चरणमा पूरा गर्ने र यसको सम्पूर्ण खर्च भारतले बेहोर्ने सम्झौतामा उल्लेख छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More