भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधाज्ञा जारी

19 August, 2019 16:05 |जन सरोकार | comments | 13050 Views

    जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधाज्ञा जारी गरेको छ ।

    पत्रकार शालीकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजनामाथि छानबिन र कारबाही नगर्न दबाब दिँदै निरन्तर प्रदर्शन हुन थालेपछि सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको हो ।

    adsads

    चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले मालपोत चोकसम्मको क्षेत्रमा भेला भएर नारा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको हो । दिनदिनैको प्रदर्शनले बिरामी मर्कामा परेकाले प्रदर्शनमा रोक लगाइएको जानकारी दिंदै अस्पताल क्षेत्रका रुपमा रहेको यो क्षेत्रमा अराजकहरुको प्रदर्शनका कारण बिरामी मर्कामा परेकाले प्रदर्शनमा रोक लगाएको बताउनुभयो ।

    लामिछाने सहितमाथिको अभियोगमा छानबिन नगर्न र कारबाही नगर्न माग गर्दै भरतपुर क्षेत्रमा केही दिनयता राजधानी र मुलुकका अन्य केही भागबाट गएको समूहले निरन्तर प्रदर्शन गर्दै आएको छ । एसपी मल्लले प्रहरी छानबिन प्रभावित गर्ने गरी दबाब दिने उद्देश्यले जारी प्रदर्शन अराजक बनाउन खोजिएको सूचना पाएको भन्दै यदि त्यस्तो भए चितवन बाहिरबाट आएका सबैलाई बलप्रयोग गरी आ–आफ्नो स्थानमा फकाईदिने चेतावनी समेत दिनुभयो ।

    २० साउनमा नारायणगढको एक होटलमा आत्महत्या गर्नुअघि पुडासैनीले रेकर्ड गरेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू मृत्यु रोज्न बाध्य भएको बताएका थिए । सोही कारण लामिछानेलाई प्रहरीले पक्राउ गरी चितवन लगेको हो । हाल आरोपी तीनैजना अदालतको अनुमतिमा प्रहरी हिरासतमा छन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    malaysiya

    फेसबुक

    malaysiya

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!