भरुवा बन्दुक र भारतीय रुपैयाँसहित सहित तीनजना पक्राउ

14 January, 2020 00:16 | जन सरोकार | comments | 13350 Views

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेज स्थित गोलपार्कबाट पौष २७ गते एपीएफ टोलीले एउटा भरुवा बन्दुक तथा सोको एक बट्टा बारुद र छर्रासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कंचनरुप नगरपालिका १ मलपोर बस्ने ४० वर्षिय बाबुलाल चौधरी र सप्तकोशी नगरपालिका १० कमलपुर बस्ने ३० वर्षिय रविन तामाङ्ग छन् ।

adsads

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश भारदहबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । सोही ठाउँमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षणमा शिकार खेल्दै गरेको अवस्थामा उनीहरुलाई एपीएफ टोलीले उक्त भरुवा बन्दुक तथा बारुद र छर्रासहित पक्राउ गरेको हो ।

एपीएफ टोलीले पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

यसै गरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित विराटनगर भन्सार कार्यालयको नम्बर २ ढाटबाट पौष २७ गते एपीएफ टोलीले दुई लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर बताउने ४९ वर्षिय संजितकुमार अग्रवाल छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले निज अग्रवाललाई शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको चार सय थान भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका अग्रवाललाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विरानगर भन्सार कार्यालयमा बुझाईएको छ ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More