भरुवा बन्दुक सहित सुकराम पक्राउ
प्युठानको सरुमारानी गाउँपालिका ६ पाङवाङ बस्ने ६४ वर्षीय सुकराम पुन मगरलाई भरुवा बन्दुक १ थान, सोही बन्दुकमा लाग्ने छर्रा १४ थान र फलामको टुक्रा १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
लेनदेनको विवादमा सोही ठाउँ बस्ने ३० वर्षीय मेख बहादुर राना मगरलाई सुकराम पुनले भरुवा बन्दुक सहित घरमा गई बन्दुक ताकेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियात सहित फेला पारी पक्राउ गरेको हो ।
यसै गरी अछाम, रामारोशन गाउँपालिका ६ पुदुबाट भरुवा बन्दुक १ थान सहित सोही गाउँपालिका भाटाकाटिया बस्ने २१ वर्षीय जगत बहादुर साउद र २२ वर्षीय लाल बहादुर साउदलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी शान्तडाबाट खटिएको प्रहरीले उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा उनीहरुलाई फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
त्यसै गरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ११ कपन फैकाचोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम १४ एम्पुल, नुर्फिन १४ एम्पुल र फेनारगन १४ एम्पुल सहित काठमाडौं महानगरपालिका १० जोरधारा बस्ने सिन्धुपाल्चोक घर भएका २४ वर्षीय रमेश बिक समेत २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- बढी लिएको शुल्क समायोजन गर्ने प्रतिबद्धतासहित परीक्षामा सामेल हुन आव्हान
- (अपडेट) सिन्धुपाल्चोक बस दुर्घटनामा मृतकको संख्या १४ पुग्यो
- कति सजिलै पत्याएर ठगिन्छन् सोझा नेपाली अन्तर्राष्ट्रिय गिरोहबाट
- नेकपा स्थायी कमिटी बैठकमा सीमा समस्यासहितका एजेण्डा
- बाघ संरक्षणको चिन्तासंगै बाँघबाट गाउँले जोगाउने सकस
- स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान
- माथवरसिंह थापाका वंशवृक्ष ‘काफलबोटे काजी’ उपन्यासमा
- लोकसेवाको परीक्षामा २२ जना नक्कली परीक्षार्थी
- कालिञ्चोकबाट फर्कदै गरेको बस दुर्घटना : १३ जनाको मृत्यु २० जना घाइते
- नूनको सोझो मात्रै हैन- जिम्मेवार भएर काम गर्नुपर्छ
- गोकर्णेश्वर र अमेरिकाको आर्भिङबीच भगिनी सम्बन्ध स्थापना गरिँदै
- बम बिस्फोट गराउनेमाथि कारबाहीको माग गर्दै धनुषाका विद्यालय बन्द
- चन्दा नदिंदा व्यवसायी साहको घरमा चन्द समूहद्वारा बिस्फोट
- प्रहरीद्वारा प्रधानमन्त्री खानका भतिजको घरमा खोजतलास
- आजको राशिफल– २०७६ मंसिर २९ गते आइतबार
- महराको अपराधको सजायँ किन शिवमायालाई ?
- चर्चित अभिनेता दीपक क्षेत्रीको निधन (भिडियोसहित)
- विमानस्थलको हिउँ पन्छाउन हेलिकोप्टरबाट लगिएको उपकरणले काम गरेन
- द्रुतमार्गको सुरुङ र पुलबाहेक ८० प्रतिशत निर्माण सम्पन्न (भिडियोसहित)
- राजेश साहको हत्या नै गर्ने मूख्य उद्देश्यले बम राखिएको निष्कर्ष : दुईजना पक्राउ
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


