भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु

  • भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु
  • भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु
  • भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु
  • भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु
  • भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु
  • भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु

भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु

17 June, 2019 17:41 | जन सरोकार | comments | 10950 Views

भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु

तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे टोपी लगाउन शुरु गरेका हुन् ।

adsads

नगर कार्यपालिकाको बैठकले असार १ गतेबाट कर्मचारीले अनिवार्य रुपमा बिर्खे टोपी लगाउनुपर्ने निर्णय गरेपछि उक्त निर्णयलाई व्यवहारमा लागू गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भानुभक्तको नामबाट नामाङ्कन भएको नगरपालिकामा आउने सबैलाई भानुभक्तीय टोपीको बारेमा जानकारी दिन र पहिचान झल्काउन बिर्खे टोपी लगाउन शुरु गरेका हाँै ।”

पाण्डेका अनुसार नगरपालिकाभित्र कार्यरत १०० भन्दा बढी कर्मचारीले बिर्खे टोपी लगाउन शुरु गरेका छन् । राष्ट्रिय विभूति आचार्यको पहिचान जोगाउनुका साथै प्रचारप्रसारका लागि भानुभक्तीय टोपी लगाउन कर्मचारीलाई आग्रह गरेबमोजिम कर्मचारीले बिर्खे टोपी लगाउन शुरु गरेको नगरपालिकाका प्रमुख उदयराज गौलीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “आदिकविको सम्मान र प्रचारप्रसार गर्ने उद्देश्यसहित यस्तो नियम लागू गरिएको हो ।” उहाँका अनुसार नगरपालिकाले भानु जयन्तीको अवसरमा असार २९ गते नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिने तयारी गरेको छ ।

अपाङ्गता भएकालाई मौरीघार वितरण
तनहुँको शुक्लागण्डकी नगरपालिकास्तरीय अपाङ्गता सञ्जालले अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यसहित मौरीघार वितरण गरेको छ । नगरपालिकाभित्रका विभिन्न वडामा बसोबास गर्ने २० अपाङ्गता भएका व्यक्तिलाई सञ्जालले मौरीसहितको घार वितरण गरेको हो ।

मौरीपालनसम्बन्धी आधारभूत ज्ञान दिएर उनीहरुलाई मौरीघार वितरण गरेको सञ्जालका अध्यक्ष बालकुमारी रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार रु आठ हजार मूल्य पर्ने मौरीघार निःशुल्क वितरण गरिएको हो ।

अपाङ्गता भएका व्यक्तिलाई मौरीघार वितरण गर्दै शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाइलीले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
भानु नगरपालिकाका कर्मचारीद्वारा भानुभक्तीय टोपी लगाउन शुरु

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!