भारतका कारण जडीबुटी व्यवसाय धराशायी

22 May, 2019 22:24 | अर्थ | comments | 11250 Views

भारतले क्वारेन्टाइनसम्बन्धी नयाँ नीति लागू गरेपछि नेपाली जडीबुटी व्यवसाय धराशायी बन्दै गएको छ । नेपाल सरकारले भारतसँग उच्चस्तरमा कुरा नगरिदिँदा जडीबुटी व्यवसाय नै धराशायी भएको व्यवसायीले बताएका छन् ।

adsads

भारतले बोट बिरुवा र तिनका अंशको आयातलाई व्यवस्थित गर्न विरुवा क्वारेन्टाइनसम्बन्धी आदेश २००३ जारी गरी सोको अनुसूची ७ मा सूचीकृत जडीबुटीमात्रै निर्यात गर्ने जनाएपछि नेपालबाट निकासी हुने धेरै जडीबुटी त्यो सूचीमा नपर्दा निकासी हुन नसकेको हो ।

कतिपयको सूचीमा नाम मिलेता पनि वैज्ञानिक नाम नमिल्दा समस्या उत्पन्न भएको नेपाल जडीबुटी व्यवसायी सङ्घ बाँकेका अध्यक्ष मो याकुव अन्सारीले बताउनुभयो ।

नयाँ कानूनअनुसार, २६ मात्रै जडीबुटी सूचीकृत भएपछि अरु जडीबुटीको निकासी रोकिएको हो । पषाणवेद, कुरिलो (सतावर), आमला, पदमचाल, चिराइतो, अमलवेद, अतिष, कालादाना र सिकाकाइ लगायतका जडीबुटीको गत मङ्सिरदेखि निकासी रोकिएको छ । अध्यक्ष अन्सारीका अनुसार, नेपालगञ्ज नाकाबाट निकासी हुने रु. १० अर्ब बढीको जडीबुटी बाँकेमा अलपत्र परेको छ ।

नेपालबाट करीब ८० प्रकारका जडीबुटी भारत निकासी भइरहेका थिए । बोझो, कपुर, दालचिनी, काउलो पाउण्डर, कुट्की, रीठा, टिमुरको पनि वैज्ञानिक नाम नमिल्दा निकासी रोकिएको छ । मङ्सिरदेखि नै निकासी नहुँदा करीब एक हजार ५०० मेट्रिक टन जडीबुटी नेपालगञ्जमा थन्किएको छ । देशभरमा करीब १० हजार मेट्रिक टन जडीबुटी रोकिएको अध्यक्ष अन्सारीले जानकारी दिनुभयो ।

जडीबुटी व्यवसायी रवीन्द्रनाथ शुक्लाले तत्कालै निकासी हुन नसके जडीबुटी कुहिने र गुणस्तरमा ह्रास आउने बताउनुभयो । उहाँले जडीबुटी निकासी ठप्प हुँदा सङ्कलन र बिक्री वितरणमा संलग्न करीब २५ लाख नेपाली प्रत्यक्षरुपमा प्रभावित भएका र व्यवसायीनै धराशायी हुन पुगेका उल्लेख गर्नुभयो ।

भारतले ट्रान्जिट पास, नयाँ कानून लागू गरेपछि नेपालबाट जडीबुटी निकासी वर्षेनी घट्दो अवस्थामा छ । नेपालगञ्जमा रहेको नेपाल जडीबुटी व्यवसायी सङ्घको तथ्याङ्कअनुसार, आर्थिक वर्ष २०७०/७१ मा ४७ लाख ३५ हजार ६४ किलो जडीबुटी निकासी भएको थियो ।

त्यस्तै २०७१/७२ मा ४६ लाख नौ हजार २८७ किलो, २०७२/७३ मा ४६ लाख ३८ हजार २१५ किलो, २०७३/७४ मा ४० लाख ५० हजार ६७४ किलो र २०७४/७५ मा २७ लाख ५४ हजार २०० किलो निकासी भएको उल्लेख छ ।

बहुमूल्य जडीबुटी, खानीको भण्डार रहेको कम्युन बस्तीमा पहिलो पटक सरकारी सेवा

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!