प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल

  • प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल
  • प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल
  • प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल
  • प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल
  • प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल
  • प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल

“भारतका राष्ट्रपतिले ‘माइ गभरमेन्ट’ भन्छन् के त्यहाँ राजतन्त्र छ ?”

4 May, 2019 21:19 | राजनीति | comments | 15000 Views

प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको वार्षिक नीति तथा कार्यक्रम पेश गर्दा मेरो सरकार भनेपछि यसले राष्ट्रपति राजा बनेको भन्दै विपक्षी र सत्तापक्षका नेताहरुले आलोचना गरे ।

यस विषयमा शनिबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पादकहरुलाई भेला गरेर राष्ट्रपतिलाई व्यक्तिका रुपमा अथ्र्याएर बौद्धिक दरिद्रता प्रदर्शन गरेको भन्दै आफ्ना धारणा राख्नुभयो ।

adsads

उहाँले भन्नुभयो- ‘मैले मेरो देश भन्छु । त्यसो भन्दा तपाईंहरुको होइन भनेको हो र ? मेरो देश भन्दा अरुको होइन भनेको होर ? मेरो देश, मेरो राष्ट्रियगान भन्छु, मेरो राष्ट्रिय गौरव भन्छु, मेरो संबिधान भन्छु, मैले बनाएको मेरो मात्र हो र संबिधान, राष्ट्रिय गान ? तर, यो मेरो राष्ट्रिय गौरवको विषय हो । त्यसकारण ‘मेरो सरकार’को अर्थलाई वृहत्त र सामुहिक अर्थमा बुझ्नु पर्छ’ ।

‘राष्ट्रपति देशको अभिभावक हो, राष्ट्रप्रमुख हो, सम्मानित संस्था हो । मैले व्यक्तिको कुरा गरिराखेको छैन । त्यसैले राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो र, उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको हो’ ।

‘राष्ट्रपतिले कस्को सरकार भन्ने ? मेरो सरकार भन्ने हैसियत भएर नै राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने हो, यो दुनियामा स्थापित भइसकेको अभ्याश हो। हाम्रो वौद्धिक जगतले, हाम्रा सञ्चारकर्मी मित्रहरुले यत्रो वर्षदेखि यहीँ छिमेक भारतमा चलेको अभ्यास थाहा नपाउनु अचम्म लाग्छ । वौद्धिक जगतले पनि थाहा नपाउनु अचम्म लाग्छ ।’

‘भारतमा पनि संसदलाई सम्वोधन गर्दा माइ गभर्नमेन्ट भनेर सम्वोधन गर्छन् । कमसेकम त्यति त हेर्ने हिम्मत गरौैं । भारतमा पनि राजतन्त्र छैन, गणतन्त्रै हो । यसभन्दा ठिक्क अगाडिको मात्रै कोविन्दजीको सम्वोधन साथीहरुले युट्युवमा हेर्नुभो भने पनि स्पष्ट हुन्छ जस्तो लाग्छ । त्योभन्दा अघिल्लो हेर्नुस्, त्योभन्दा अघिल्लो हेर्नुस्, अझ अघिल्लो हेर्नुस् । भारतमा धेरै राष्ट्रपति छन् । हाम्रोमा त बल्ल दुईटा राष्ट्रपति छन् । भारतमा त धेरै राष्ट्रपतिले धेरैपटक सम्वोधन गर्नुभएको छ ।’

नीति तथा कार्यक्रमप्रति विभिन्न दलका नेताहरुको टिप्पणीमाथि टिप्प्णी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘एउटा अभ्यास के देखियो भने जसरी पनि विरोध गर्नुपर्छ भन्ने मान्यता देखियो । यसो गरेर वक्ता सत्य नबोल्ने वक्ताको रुपमा स्थापित हुन्छ । जनतालाई अलमलमा पार्न कोसिस गर्ने अथवा विरोध गर्नु नै काम हो जस्तो यो वास्तविक अर्थमा सही कुरा होइन । हामीले सहीलाई सही, गलतलाई गलत । गलत काम गरेका ठाउँमा गलत गर्न हुँदैन भनेर रखवारी गर्नुपर्छ । जसो भए पनि विरोधको परिपाटी, जस्ता कामको पनि विरोध गर्नुहुँदैन ।’

‘राष्ट्रलाई विकासको मार्गमा अगाडि बढाउने सन्दर्भमा जसो भए पनि विरोध कसरी गर्न सकेको रु राष्ट्रिय हितका पक्षमा, सार्वभौकिमता स्वाधीनताका पक्षमा त कुनै पनि हालतमा विनाबाहनाबाजी उभिनुपर्छ । हाम्रा राष्ट्रिय विकासका चाहना र त्यसलाई अघि बढाउने सन्दर्भमा आएका कुराहरुको पनि विरोध, त्यो उचित कुरा होइन ।’

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More