चन्दयानचन्दयान

  • चन्दयान
  • चन्दयान
  • चन्दयान
  • चन्दयान
  • चन्दयान
  • चन्दयान

भारतको ‘चन्दयान – २’ सम्पर्कबिहीन

7 September, 2019 17:07 |विश्व समाचार , सूचना/प्रविधि | comments | 10350 Views

    चन्दयान

    चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्याउने चन्द्रयान – २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ । सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ (इसरो)का प्रमुख के. सिभनले बताउनुभयो ।

    adsads

    उहाँले शनिबार दिएको जानकारी अनुसार शुक्रबारराति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान-२ को विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहतर्फ लगिरहेका थिए ।

    इसरोको चन्द्रयान – २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो, जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नुथियो । तर अवतरण नहुदै भारतको समय अनुसार राती १.५५ मा यान सम्पर्क विहिन भएको सिभनको भनाई छ । यही कामका लागि अरु देशले धेरै खर्च गर्ने गरेकोमा भारतमा भने अहिले १५ करोड अमेरिकी डलर लगानी गरिएको थियो । यसअघि सन् २००८ मा भारतले नै प्रक्षेपण गरेको चन्द्रयान-१ ले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको तथ्य पत्ता लगाएको थियो ।

    योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुग्नु भएको थियो ।

    उहाँले भारतीय बैज्ञानिकहरुको अहिलेसम्मको कामप्रति गौरब गर्दै सम्पर्कविहिन भएको यान सम्पर्कमा आउने विश्वास पनि ट्वीटरमार्फत् व्यक्त गर्नुभएको छ ।

    भारतले गर्यो अन्तरिक्षमा रकेट प्रक्षेपण

     

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    चन्दयान

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!