भारतभारत

  • भारत
  • भारत
  • भारत
  • भारत
  • भारत
  • भारत

भारतको लगातार दोस्रो जित : अष्ट्रेलिया ३६ रनले पराजित (हाइलाइट्स)

10 June, 2019 11:30 |खेल | comments | 15000 Views

    भारत

    आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा अष्ट्रेलिया भारतसंग ३६ रनले पराजित हुन पुग्यो ।

    adsads

    लन्डनको केनिङटन ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउदै ३५२ रन बनाएको थियो । उसका लागि शिखर धवनले शतकीय पारी खेले । धवनले १०९ बलमा १६ चौकासहित ११७ रन बनाए भने कप्तान विराट कोहली र रोहित शर्माले अर्धशतकीय इनिङ्स खेल्दै क्रमश: ८२ र ५७ रन बनाए ।

    त्यस्तै हार्दिक पाण्डयाले ४८ रन बनाई आउट भए भने महेन्द्र सिंह धोनीले २७ रन जोडे । अष्ट्रेलियाका लागि मार्कस स्टोनीसले २ विकेट लिए भने पाट कमिन्स, मिचेल स्टार्क र नाथन कोल्टरनाइलको भागमा समान १-१ विकेट रह्यो ।

    ३५३ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलिया निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै ३१६ रनमा समेटियो । अष्ट्रेलियाका स्टिभ स्मिथले ६९ रन बनाए भने डेभिड वार्नरले ५६ रनको योगदान दिए । त्यस्तै एलेक्स केरी ५५ रनमा अविजित रहे भने उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए ।

    यस्तै भारतका लागि जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान ३-३ विकेट लिएभने युजभेन्द्र चाहलको भागमा २ विकेट रह्यो । खेलको म्यान अफ दि म्याच शिखर धवन भए ।

    प्रतियोगिता अन्तर्गत आज नेपाली समय अनुसार सवा ३ बजे साउथ ह्यामटनमा दक्षिण अफ्रिकार वेष्ट इन्डिज भिड्दै छन् ।

    हाइलाइट्स –

    विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित : वेष्ट इन्डिज १५ रनले पराजित (हाइलाइट्स)

     

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    भारत

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    पुष्पकमल दाहाल

    फेसबुक

    पुष्पकमल दाहाल

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!