भारतको वीरपुरमा ५२ नेपालीलाई एसएसबीले पक्राउ गर्यो

8 December, 2015 17:41 |जन सरोकार | comments | 73950 Views

    सुनसरीको भाण्टावारी नाका हुँदै भारतको पटना हिडेका ५२ नेपालीलाइ मंगलबार भारतको सुपौल जिल्लास्थित विरपुरमा भारतिय सिमा सुरक्षा वल एसएसबीले पक्राउ गरेको छ ।

    SSB

    पक्राउ पर्नेमध्ये ३३ जना पुरुष र १९ जना महिला रहेको सुनसरीका प्रहरीले जनाएको छ ।

    adsads
    उनीहरु उदयपुर, सप्तरी र रामेछाप जिल्‍ला घर भएका छन् ।

    अबैधानि रुपमा ठुलो संख्यामा महिला र पुरुष भारत प्रवेश गरेको भन्दै उनीहरुलाई एसएसबीले नियन्त्रणमा लिइएको थियो । एसएसवीले नेपालीलाई नियन्त्रणमा लिउपछ सुनसरी स्थित सशस्त्रको सीमा सुरक्षा कार्यलयलाई जानकारी गराएको थियो ।

    पक्राउ परेका नेपालीहरुलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाउने सुनसरी प्रहरीले जनाएको छ । भरतमा नेपाली पक्राउ परेको कारण वारे केही खुल्न सकेको छैन् ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!