भारतको संसदमा गान्धीको नेतृत्वमा प्रदर्शन

25 November, 2019 19:32 |विश्व समाचार | comments | 8850 Views

    भारतीय राष्ट्रिय काँग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा सोमबार भारतको संसदमा प्रदर्शन गरिएको छ । महाराष्ट्रमा सरकार बनाउने विषयमा धोका भएको भन्दै काँग्रेसका नेता तथा सांसदहरुले प्रदर्शन गरेका हुन् ।

    adsads

    काँग्रेसका नेताहरुले “लोकतन्त्रको हत्या बन्द गर” भनेर नारा लगाएका थिए । संसद बैठक सुरु हुनासाथ उनीहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको थियो ।

    भारतको लोक सभा र राष्ट्रिय सभा दुवैमा काँग्रेस नेता तथा सांसदहरुले प्रदर्शन गरेका भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । महाराष्ट्रमा हालै भएको निर्वाचनपछि काँग्रेस र शिव सेनाले सरकार बनाउने तयारी गरेपनि अर्को पक्षलाई साथमा लिएर भारतीय जनता पार्टीले नै सरकार बनाएपछि काँग्रेस रिसाएको हो ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More