झलारी बजारमा सस्तो तरकारीझलारी बजारमा सस्तो तरकारी

  • झलारी बजारमा सस्तो तरकारी
  • झलारी बजारमा सस्तो तरकारी
  • झलारी बजारमा सस्तो तरकारी
  • झलारी बजारमा सस्तो तरकारी
  • झलारी बजारमा सस्तो तरकारी
  • झलारी बजारमा सस्तो तरकारी

भारतबाट आयात हुने तरकारीको विषादी मापन परीक्षण पुनः सुरु

14 July, 2019 15:54 |जल/वातावरण/स्वास्थ्य | comments | 12150 Views

    झलारी बजारमा सस्तो तरकारी

    सरकारले भारतबाट आयात हुने तरकारीको विषादी परीक्षण सुरु गरेपछि भारतीय व्यापारीहरुमा मच्चिएको सनसनीपछि भारतीय दूताबासले विषादी परीक्षण नगर्न चिठी पठाएपछि सरकारले रोक्यो । विषादी परीक्षण रोकिएपछि भारतीय दवावमा रोकियो भन्ने आरोपमा मन्त्रीहरुले खण्डन गर्दै रहेर अन्ततः पत्र नै सार्वजनिक भयो ।

    adsads

    प्रधानमन्त्री केपी ओलीले नै भारतबाट पत्र नआएको दावी गरेको केही दिनमै उहाँले आफूलाई गुमराहमा राखिएको भन्दै क्षमायाचना समेत गर्नुभयो भने सम्बन्धित मन्त्री र मन्त्रालयका सचिवहरु यो प्रकरणमा एकले अर्कोलाई दोष लगाइरहेका छन् ।

    यसबीचमा विषादी परीक्षणको माग गर्दै सर्वोच्च अदालतमा परेको रीटमा अन्तरिम सर्वोच्च अदालतले विषादी परीक्षणको आदेशपछि अहिले पूर्वी नाकाहुँदै नेपाल भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण सुरु भएको छ ।

    समाचार अनुसार शुक्रवार अपराह्नदेखि विषादी मापन पुनः थालिएको छ । विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाकी प्राविधिक सहायक अञ्जु आचार्यका अनुसार मन्त्रिपरिषद्‍ले विषादी मापन कार्य रोक्ने भनेपछि केही दिन नमुना आएन । सर्वोच्च अदालतले मापन गर्ने काम नरोक्नू भनेर आदेश दिएपछि शुक्रवारदेखि भन्सार कार्यालयहरूबाट विषादी मापनका लागि पुनः नमुना पठाउन थालिएको छ ।

    झापाको बिर्तामोडको कृषि थोक बजार परिसरमा रहेको विषादी अवशेष मापन द्रुत प्रयोगशालामा झापा, मोरङ र सुनसरीका नाकाबाट भारतबाट आयात गरिने तरकारीका नमुना विषादी मापनका लागि ल्याइने गरेको छ ।

    भन्सारबाट बिहान आएका नमुनाको रिपोर्ट बेलुका र बेलुका आएका नमुनाको रिपोर्ट भोलिपल्ट बिहान दिने गरिएको प्रयोगशालाकी प्राविधिक सहायक आचार्यको भनाइ छ । अहिलेसम्मको रिपोर्टमा भुइँकटहर र केरामा अलि बढी विषादीको प्रयोग भएको पाइएको छ ।

    झापामा स्थापित प्रयोगशालाले कार्बामेट र अर्ग्यानोफोस्फेट समूहका विषादीको जाँच गरिने गरिएको तर अन्य समूहका विषादीहरुको परीक्षण पनि त्यति नै आवश्यक पूर्व बाली संरक्षण अधिकृत राजेन्द्र खरेलले जानकारी दिनुभएको छ ।

    खरेलका अनुसार सिन्थेटिक र ढुसीनाशक विषादीको मापन पनि अत्यावश्यक छ । उक्त समूहका विषादी मापनका लागि पनि उपकरणहरू ल्याइसकिएको र चाँडै जडानको प्रक्रियामा रहेको बताइएको छ ।

    प्रधानमन्त्रीको स्पष्टोक्ति- विषादी परीक्षण स्थगन भारतीय दवाव हैन परीक्षण गर्ने संयन्त्र नै रहेनछ

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
    झलारी बजारमा सस्तो तरकारी

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!