भारतबाट नेपाल भित्रियो प्लास्टिकको चामल (भिडियोसहित)

9 August, 2019 19:51 |अर्थ | comments | 39600 Views

    दुई वर्षअघि काठमाडौंमा प्लाष्टिकको चामल विक्री हुने गरेको प्रमाणित भयो । सो घटनाको दुई वर्षपछि प्लास्टिकको चामल बिक्रि वितरण गरेको आरोपमा वाणिज्य कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका–११ रानिघाटस्थित राज लक्ष्मी खाद्यान्न भण्डारमा छापामारी दुई बोरा चामल आफ्नो नियन्त्रणमा लिएको छ ।

    adsads

    छिमेकी मुलुक भारतमा निर्मित जीराशक्ति र रिपुराज भन्ने चामलमा प्लास्टिकको चामल मिसाइएको भनेर उपभोक्ताले दिएको उजुरीका आधारमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले सो खाद्यान्न भण्डारमा छापामारी अनुसन्धानका लागि दुई बोरा चामल नियन्त्रणमा लिएको हो । टोलीले अनुसन्धान भइरहेको भन्दै गोदाम सिल गरेको छ ।

    चामल मात्र हैन अण्डा पनि नक्कली भएको आशंका छ हेर्नुहोस् यो भिडियो

    उपभोक्ताहरुको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरुलाई कार्यवाही गरिने भन्दै पर्साका प्रजिअ नारायणप्रसाद भट्टराईले गलत गर्ने व्यापारीहरुको विरुद्धमा उपभोक्ताहरु जागरुक हुनुपर्ने बताउनुभयो ।

    प्लास्टिकको चामलको प्रयोगले क्यान्सर जस्ता गम्भीर रोग लाग्ने भएकाले यस्ता चामलको प्रयोगबाट टाढा रहन चिकित्सकहरुले सम्बन्धीत सबैलाई आग्रह गरेको छ ।

    यसै गरी केही दिन अघि गोरखामा भारतमा उत्पादित सोनाशक्ति ब्राण्डको चामल प्लाष्टिकको भेटिएपछि बिक्री वितरणमा रोक लगाइएको थियो । जिल्ला प्रशासन कार्यालय गोरखाले त्यस ब्राण्डको चामल तत्कालका लागि बिक्री नगर्न व्यवसायीहरुलाई आग्रह गरेको हो ।

    गोरखा नगरपालिका–६ का कृष्ण श्रेष्ठले बिहान खाना बनाइसकेपछि खाना खान लाग्दा उक्त ब्राण्डको चामल प्लाष्टिकको भएको थाहा पाएका थिए । श्रेष्ठले भने- “खाना खान लाग्दा अस्वाभाविक रुपमा फर्रर परेको देखियो । युट्यूबमा केही भिडियो हेरेको थिएँ, प्लास्टिकको चामल हो कि भन्ने शंका लागेर डल्लो बनाइ भुईँमा बजार्दा माथिसम्म उफ्रियो ।”

    त्यसपछि जिल्ला प्रशासन कार्यालयको टोलीले पकाइएको भातसहित चामलको नमुना संकलन गरेर विक्री वितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेल जानकारी दिनुभएको छ ।

    राजधानीमा प्लाष्टिकको चामल : एक व्यापारी पक्राउ, अण्डा पनि नक्कली हुनसक्ने आशंका

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More