प्रधानमन्त्री जेनेभामा प्रधानमन्त्री जेनेभामा

  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा
  • प्रधानमन्त्री जेनेभामा

“भारतबाट पत्र आयो रे ! कहाँ आयो ? कसले पढ्यो ?” किन यसरी ढाँटेको होला ?

9 July, 2019 15:10 | राजनीति | comments | 17400 Views

प्रधानमन्त्री जेनेभामा

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतबाट आयात हुने तरकारी, फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गर्यो र सोही अनुसार वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत असार २ गते राजपत्रमा सूचना जारी गर्‍यो र कार्यान्वयनमा गयो । तर यो निर्णय तीन साता नपुग्दै सेलायो र सरकारले फिर्ता लियो, सूचना संशोधन गर्यो ।

adsads

यसको एउटै मात्र कारण थियो भारतको दवाव । सरकार भारतको झुकेको भन्दै सत्तापक्ष र विपक्षी सांसदहरुले आरोप लगाइरहँदा प्रधानमन्त्री केपी ओलीले पत्र आएको छैन, कसले पढ्यो, कहाँ आयो भन्दै हावादारी करा गरेको बताए पनि अन्ततः पत्र सार्वजनिक भयो ।

भारतीय दूताबासको यस्तो पत्रपछि विहीबार बसेको मन्त्रिपरिषद बैठकले असार २ को आदेशमा तीनवटा संशोधन गर्‍यो– १. नेपालमा आयात हुने वस्तुको उपभोग अवधि ७५ प्रतिशतबाट घटाएर ६० प्रतिशत बनाउने । २. यो सूचना लागूहुनुभन्दा पहिल्यै प्रतीतपत्र लगायतका बैंकिङ प्रक्रिया पूरा गरेका मालवस्तुको हकमा यो सूचनावमोजिम प्रतिबन्ध लागू हुनेछैन । ३. सबै भन्सार विन्दुमा प्रयोगशाला नभएको हुँदा त्यस्तो प्रयोगशाला स्थापना/सञ्चालन नभएसम्मको लागि ०७६ असार २ मा राजपत्रमा प्रकाशित सूचित आदेश जारी हुनुभन्दा अगाडि रहेको प्रक्रिया पूरा गरी पैठारी गर्न दिने ।

नेपालले तरकारीमा विषादी परीक्षण सुरु गरेपछि भारतका तरकारी व्यापारीहरु अत्तालिंदै कटनीतिक दवाव सिर्जना गर्न लागिपरे र त्यसमा उनीहरु सफल भए । सरकारले असार १९ गतेको मन्त्रिपरिषद् बैठकबाट विषादी परीक्षण तत्काललाई स्थगित गरेको घोषणा गर्यो । यसमा कारण दिइयो नेपालमा विषादी परीक्षण गर्ने संयन्त्र नै रहेनछ । हतारमा निर्णय गरियो ।

तर वास्तविकता भने भारतीय दवाव नै हो । काठमाडौंस्थित भारतीय दूतावासले भारतबाट नेपाल भित्रिने तरकारी एवं फलफूलमा विषादी परीक्षण सम्बन्धमा दुई मन्त्रालयलाई पत्र काटेको छ ।

राजदूतावासको पत्रमा ‘नेपाल सरकारका निकायहरूले सबै ताजा तरकारी तथा फलफूलको आयातमा वनस्पति क्वारेन्टाइन र विषादी स्तर पुनः परीक्षण लागू गरेको भन्ने विषयमा यस दूतावास अवगत नै छ ।’

पत्रमा भनिएको छ, ‘पुनः परीक्षणको आवश्यकता गैरकर अवरोधजस्तै हो र यसले व्यापार रोकिएको छ । साथै, अन्तर्राष्ट्रिय वनस्पति संरक्षण महासन्धिको फाइटोस्यानिटरी उपायबारे अन्तर्राष्ट्रिय मापदण्ड १३ अनुसार आयातकर्ता देशले निर्यातकर्ता देशलाई फाइटोस्यानिटरी आयातका प्रावधान पालना गर्नका लागि सूचना दिनुपर्दछ । यस घटनामा नेपाली निकायबाट यो व्यवस्था पालना भएन।’

पत्रमा दूतावासले सामग्रीको व्यापार रोकिने र भारतीय निर्यातकर्तालाई ठूलो घाटा लाग्ने गरी भएको गैरकर अवरोधको तत्काल कार्यान्वयनका लागि आवश्यक सूचना तथा कागजातसहित औचित्य पुष्टि गर्न मन्त्रालयलाई आग्रह समेत गरेको छ ।

जनताको व्यापक समर्थनका वावजूद भारतीय तरकारी विषादी परीक्षण स्थगित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
प्रधानमन्त्री जेनेभामा

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!