भारतमा एक नेपालीको हत्या

27 October, 2013 19:53 |प्रबास | comments | 18900 Views

    नरेन्द्र ढकाल- पूर्वी नेपालको सीमावर्ती भारतीय बजार पानीटंकीस्थित रेलको लिक नजिकै एक नेपालीको हत्या भएको छ ।

     

    आज बिहान मृत अवस्थामा फेला परेका उनको अहिले सम्म सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय कांकरभिट्टाका प्रहरी निरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

    adsads
    करिब ३०, ३५ वर्षका देखिने आर्यन अनुहार भएको शवको शरीरका विभिन्न ठाउंमा चोट देखिएको जनाइएको छ ।

     

    उनको टाउको, कन्चट र चिउडोमा चोट देखिएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो । कुटपिटपछि उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । साथै प्रहरीले कोही ब्यक्ति हराएको भएर तत्काल इलाका प्रहरी कार्यालय कांकरभिट्टामा सम्र्पक राख्न सबैसंग आग्रह समेत गरेको छ ।

    नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

    तपाईंको प्रतिकृया

    Loading...

    ताजा समाचार

    फेसबुक

    ट्वीटर

    सामाजिक सञ्जाल

    More
    error: Content is protected !!