भारतमा कोरोना संक्रमितको संख्या करोड नजिक
भारतमा कारोना भाइरस संक्रमितको संख्या करोड नजिक पुगेको छ । बिहिबारसम्म संक्रमितको संख्या ९२ लाख ६६ हजार ७०६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । जसमध्ये ८६ लाख ७९ हजार १३८ व्यक्ति संक्रमणमुक्त भएका छन् ।
विगत चौबीस घण्टाको अवधिमा मात्र थप ४४ हजार ४८९ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसैसँग भारतमा हालसम्म भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ५२४ जनाको मृत्यु भएको र यो सहितमा भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३५ हजार २२३ पुगेको छ ।


मन्त्रालयका अनुसार हाल ४ लाख ५२ हजार ३४४ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार १९ औं दिन हो ।
भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा अझै पनि ८५ हजार ४८८ व्यक्ति सक्रिय संक्रमित रहेका छन् । त्यसपछि केरलामा ६५ हजार २३४ व्यक्ति सक्रिय संक्रमित रहेका छन् भने राजधानी शहर दिल्लीमा ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १३ करोड ५९ लाख ३१ हजार नमूना परीक्षण गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले गत मंगलबार सरकारले कोभिड–१९ को खोप निर्माण गर्ने सम्बन्धमा गम्भीरतापूर्वक कार्य गरिरहेको बताउँदै खोपको डोज र मूल्य अझै टुंगो नलागेको बताउनु भएको थियो ।
उहाँले भन्नुभयो, “सरकारले खोप निर्माणमा ध्यान दिइरहेको छ । हामी खोप निर्माताहरुसँग छलफल गरिरहेका छौं । हामी विश्वका अरु नियामकहरु, सरकारहरु, बहुराष्ट्रिय संघसंस्था र अन्तर्राष्ट्रिय कम्पनीसँग पनि छलफलमा छौं । अहिलेसम्म कति डोज आवश्यक हुन्छ भन्ने स्पष्ट भइसकेको छैन । हामीले अझै यसको सही उत्तर प्राप्त गरिसकेका छैनौं ।”
प्रधानमन्त्री मोदीले यही विषयमा राज्यका मुख्यमन्त्रीहरुसँग छलफल गरिरहनु भएको पनि जानकारी दिनु भएको थियो ।
तपाईंको प्रतिकृया
ताजा समाचार
- विदेशी पर्यटक भित्र्याउन सरकारले पहलकदमी लिनुपर्ने
- प्रधानमन्त्रीे, पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखबिरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता
- सीमा अतिक्रमणपछि कञ्चनपुरको प्यारातालमा भारतको गिद्देनजर : नेपाली पक्ष मौन
- पत्रकार महासंघले ठूला मिडियाको लगानीको पारदर्शिता खोज्ने
- “१५ वर्ष एमालेको नेतृत्व गरेको मलाई प्रचण्डको मामुली कार्यकर्ता नठान्नु”- नेपाल
- संक्रमितलाई समयमै अस्पताल पुर्याउन नसकिएकोमा प्रधानमन्त्री सुगाद्वारा क्षमायाचना
- पोखरामा सम्पन्न ‘बञ्जी कपल च्यालेन्ज’ चार जोडीले जिते
- विपीको ‘आत्मवृत्तान्त’ जापानी भाषामा प्रकाशन हुँदै
- भोलिदेखि कोरोना खोप अभियान : देशभरि ६२ अस्पतालमा एक सय २० केन्द्र
- ट्रम्पद्वारा फ्लोरिडामा “पूर्व राष्ट्रपतिको कार्यालय” स्थापना
- लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध लडिरहने प्रचण्डको अठोट
- भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
- प्रदेश नं १ का ३५ हजार स्वास्थ्यकर्मीलाई कोभिड–१९ विरुद्धको खोप लगाइने
- एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
- ‘केटू’ आरोहण गर्ने कीर्तिमानी आरोहीलाई काठमाडौँमा भव्य स्वागत
- कर्णालीमा आइपुग्यो कोरोना खोप ‘कोभिशिल्ड’
- प्रतिनिधिसभा विघटन मुद्दा इजलास हेर्दाहेर्दैमा आज पनि
- लिच्छविकालीन कमलपोखरी बचाउन सडक आन्दोलन
- निर्वाचन आयोगको निर्णयले पार्टी एकतामा बल पुग्ने गौतमको दावी
- बेलायतमा महामारीकाबीच विद्यालय खोल्न प्रधानमन्त्रीलाई दवाव, मृत्यु हुनेको संख्या ९७ हजार भन्दा बढी
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
ठाकुर गैरे
विश्वप्रकाश शर्मा
@PM_Nepal को ध्यान जाओस्
कमल थापा
बाबुराम भट्टराई


