भारतमा बस दुर्घटना : पाँच जनाको मृत्यु, ३० घाइते

18 May, 2019 17:30 | विश्व समाचार | comments | 10650 Views

भारतको लखनउ -आगरा राजमार्गमा शनिबार द्रुतगतिमा गइरहेको एक बस दुर्घटना पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सो राजमार्ग अन्तर्गतको देवखरीमा भएको सो दुर्घटनामा परी अन्य ३० जना घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

adsads

दिल्लीबाट यात्रु लिएर बिहारतर्फ गइरहेका अवस्थामा ट्याक्टरको ट्रलीमा ठोक्किएर बस दुर्घटनामा परेको बताइएको छ । घाइतेका मध्ये एक दर्जन भन्दा बढीलाई थप उपचारका लागि लखनउ ट्रमा सेन्टरमा लगिएको अधिकारीहरुले जनाएका छन् ।

घाइते मध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशङ्का गरिएको छ ।

भारतमा बस दुर्घटना : ४४ को मृत्यु, तीन घाइते

 

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

राशिफल

फेसबुक

राशिफल

ट्वीटर

सामाजिक सञ्जाल

More
error: Content is protected !!