भारतमा बाढीमा परी ५२ जनाको मृत्यु

31 July, 2016 01:57 | विश्व समाचार | comments | 292350 Views

करिब एक साता लामो वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका हजारौँ मानिसलाई उनीहरुको बस्तीबाट सुरक्षितस्थलतर्फ उद्धार गरिएको छ । उक्त क्षेत्रमा बाढीका कारण लाखौँ मानिस घरबारबिहीन बनेका छन् भने विगत केही दिनयता ५२ जनाको मृत्यु भएको छ ।

वर्षाका कारण आसाममा मात्र २६ जनाको मृत्यु भएको र बाढीले सडक भत्काउँदा डुबानमा परेका मानिसको उद्धारमा समस्या परेको स्थानीय अधिकारीले बताएका छन् । बाढीले सडक छेउमा गाडिएको बिजुली तथा टेलिफोनका पोलहरु लडाउँदा ठाउँठाउँमा विद्युत् एवम् टेलिफोन सेवा अवरुद्ध बनेको छ ।

  

आसाममा बाढीका कारण दर्जनौँ मानिसको मृत्यु भएपछि डुबान क्षेत्रमा हेलिकप्टरबाट भ्रमण गरी फर्किनुभएका भारतीय गृहमन्त्री राजनाथ सिंहले आसाम क्षेत्रमा डुबानका कारण गम्भीर सङ्केत देखिएको बताउनुभएको छ ।

भारतको उत्तरी प्रदेश विहार राज्य सरकारले डुबान क्षेत्रमा ३५० भन्दा बढी अस्थायी सहायता केन्द्र स्थापना गरी विस्थापित मानिसलाई खाना तथा अन्य अतिआवश्यकीय कुराको अभाव टार्ने प्रयास भइरहेको बताएको छ ।

बाढीका कारण काजिराङ नेशनल पार्क जुन एकसिङ्गे गैँडाको बास्थानका लागि महत्वपूर्ण निकुञ्ज पनि डुबानमा परेको छ । जसका कारण हजारौँ वन्यजन्तुलाई प्रभावित तुल्याएको छ ।

यो पनि पढ्नुहोस्

भारतमा बाढीबाट एकसय ८० को मृत्यु, दश लाख विस्थापित

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More